जब सुपरस्टार रजनी कान्तको घरमा बम राखेको फोन आयो… « Khabarhub

जब सुपरस्टार रजनी कान्तको घरमा बम राखेको फोन आयो…


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहीबार दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनी कान्तको घरमा बम राखिएको घटनाले निकै चर्चा पायो । एक अपरिचित नम्बरबाट आएको कलले सुपरस्टार रजनी कान्तको घरको बगैचामा बम भएको जानकारी दिएको थियो ।

खासमा बिहीबार बिहान चेन्नई पुलिसलाई एक अपरिचित ब्यक्तिले फोन गरी रजनी कान्तको पोएस गार्डनको घरमा बम भएको बताएका थिए । यतिमात्र भनेर ती ब्यक्तिले फोन काटेका थिए ।

यस प्रकारको सुचनापाए लगत्तै प्रहरी बम स्क्वायड टिमसहित रजनी कान्तको घरमा पुग्यो र बम खोज्न थाल्यो । तर त्यहाबाट कुनै बम फेला परेन । हाल चेन्नई प्रहरी कसले, कहाँबाट उक्तकलको गरेको थियो भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

लकडाउनले रजनी कान्त र उनका घरका सदस्य घर भित्रै थिए । शुरुवातमा बम खोज्ने भन्दै आएका प्रहरीलाई रजनीकान्तले घरमा खानतलासी गर्न रोकेका थिए । तर आफ्ना अधिकारीसँग कुरा गरे पश्चात उनले बम खोज्न सघाएका थिए ।

यो पटक मात्र नभई रजनी कान्तलाई यस अघि पनि पटक पटक धम्कीपुर्ण फोन कलआउने गरेको थियो । बलिउडका कलाकारलाई यस प्रकारको फर्जी कलआउने गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ५० बजे

दुर्गा प्रसाईँ फेरी पक्राउ

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई फेरि पक्राउ परेका छन् । 

बिपी राजमार्ग खुलाउने प्रयास जारी

बनेपा– पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोशी नदीको

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित