जब सुपरस्टार रजनी कान्तको घरमा बम राखेको फोन आयो… « Khabarhub

जब सुपरस्टार रजनी कान्तको घरमा बम राखेको फोन आयो…


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहीबार दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनी कान्तको घरमा बम राखिएको घटनाले निकै चर्चा पायो । एक अपरिचित नम्बरबाट आएको कलले सुपरस्टार रजनी कान्तको घरको बगैचामा बम भएको जानकारी दिएको थियो ।

खासमा बिहीबार बिहान चेन्नई पुलिसलाई एक अपरिचित ब्यक्तिले फोन गरी रजनी कान्तको पोएस गार्डनको घरमा बम भएको बताएका थिए । यतिमात्र भनेर ती ब्यक्तिले फोन काटेका थिए ।

यस प्रकारको सुचनापाए लगत्तै प्रहरी बम स्क्वायड टिमसहित रजनी कान्तको घरमा पुग्यो र बम खोज्न थाल्यो । तर त्यहाबाट कुनै बम फेला परेन । हाल चेन्नई प्रहरी कसले, कहाँबाट उक्तकलको गरेको थियो भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

लकडाउनले रजनी कान्त र उनका घरका सदस्य घर भित्रै थिए । शुरुवातमा बम खोज्ने भन्दै आएका प्रहरीलाई रजनीकान्तले घरमा खानतलासी गर्न रोकेका थिए । तर आफ्ना अधिकारीसँग कुरा गरे पश्चात उनले बम खोज्न सघाएका थिए ।

यो पटक मात्र नभई रजनी कान्तलाई यस अघि पनि पटक पटक धम्कीपुर्ण फोन कलआउने गरेको थियो । बलिउडका कलाकारलाई यस प्रकारको फर्जी कलआउने गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै