खण्डग्रास सूर्यग्रहणमा के गर्नु हुन्छ ? के गर्नुहुँदैन ? « Khabarhub

खण्डग्रास सूर्यग्रहणमा के गर्नु हुन्छ ? के गर्नुहुँदैन ?


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज आइतबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । वर्षको पहिलो सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ ।

सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने सुझाव ज्योतिषले दिएका छन् । सूर्यग्रहणको शूतक भने शनिबार राति १० बजेर ५० मिनेटदेखि नै सुरु भइसकेको छ ।

त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजनसँगै शयन, मैथुन, शृंगार र वध गर्न हुँदैन ।

ग्रहण लाग्नुभन्दा करिब १२ घण्टा अगाडिबाट बालबच्चा, वृद्ध, बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको शास्त्रीय मान्यता रहँदै आएको छ । त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजनसँगै शयन, मैथुन, शृंगार र वध गर्न हुँदैन ।

ग्रहण शूतकका कारण खण्डग्रास सूर्यग्रहण नसिकन्जेल अन्य धार्मिक गतिविधि र शुभकार्य नगर्दा राम्रो हुने अध्यक्ष गौतमको सुझाव छ । यद्यपि, ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । ‘यो बेला गरिएको सानो दान र धर्मले पनि अक्षय फलप्राप्त गर्ने शास्त्रीय मान्यता छ,’ उनले भने, ‘भगवानको मन्त्र जपले पनि धेरै फाइदा पुग्छ ।’

ग्रहणका समयमा आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ । यस्तै, साढे सातबाट चिन्तामा रहेका मानिसले शनि देवको जप गर्नु उत्तम हुने भनाइ छ ।

ग्रहणको समयमा ग्रहण स्पर्श भएसँगै नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुद्र आदिमा स्नान गर्ने र जनावर, चराचुरुंगी, निमुखा तथा असहायलाई दान धर्म गर्नु राम्रो हुने मानिएको छ ।

ग्रहणको समयमा घरमा विकिरण तथा नकारात्मक ऊर्जा प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्न नहुने तथा दूध, दही, घिउ, पानी, अचार आदिमा तुलसीपत्र वा कुश राख्ने चलन छ । यसो गर्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । योबाहेक अन्य चिजमा गाईको गोबर राख्ने गरिन्छ ।

काठमाडौंको आकाशमा ग्रहणको अवलोकन गर्न सकिने तर नांगो आँखाले ग्रहण अवलोकन गर्नु हानिकारक रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

खगोल शास्त्रका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइपुग्दो सूर्यका किरण छेकिन्छन् र पृथ्वीमा अँध्यारो हुन्छ, जसलाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहण खग्रास (पूरै छेकिने), खण्डग्रास (केही भाग मात्रै छेकिने) र बलय (सूर्य केवल हातमा लगाउने बाला जस्तो मात्रै देखिनु) तीन प्रकारले लाग्ने गरेको पाइन्छ ।

कुन राशिलाई राम्रो ?

ज्योतिषशास्त्रअनुसार खण्डग्रास यो सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशिका मान्छेहरूका लागि राम्रो छ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशिका व्यक्तिका लागि अशुभ रहेको ज्योतिषहरूले बताएका छन् ।

मेष राशिका व्यक्तिलाई श्रीप्राप्ति, सिंह राशिका व्यक्तिलाई लाभ हुने, कन्यालाई सुख र मकर राशिलाई पनि सुख रहेको सूर्य पञ्चांगले जनाएको छ ।

यस्तै, मृगशिरा नक्षत्र, आद्र्रा नक्षत्र र मिथुन राशिका व्यक्तिहरूले ग्रहण अवलोकन गरेमा अति कष्ट हुने ज्योतिष सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

ज्योतिषशास्त्रले राशिफलका आधारमा ग्रहण हेर्न हुने र नहुने बताए पनि खगोल विज्ञानले यसलाई अवैज्ञानिक तर्कका रूपमा लिँदै सुरक्षित लेन्सको प्रयोगले ग्रहण हेर्न सकिने बताएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १० : १२ बजे

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको

प्रतिनिधिसभा बैठक : ३ विधेयक प्रस्तुत

काठमाडौं– सरकारले विभिन्न तीन वटा विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको