२४ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « Khabarhub

२४ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले २४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले असार ८ गते सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

केन्द्रीय बैंकले यसअघि जारी गरेर मिति समाप्त भएको ९ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी बिलहरुको नवीकरण गर्न लागेको हो भने १५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

बैंकले बिक्री गर्न लागेको २८ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल साउन ६ गते परिपक्व हुने छ भने ९१ दिन अवधिको १४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रजरी बिल २०७७ असोज ६ गते परिपक्व हुनेछ। त्यसैगरी, १८२ दिन अवधिको ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०७७ पुस ७ गते परिपक्व हुनेछ।

बोलकबोलमार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणालीमार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। असार ९ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। राष्ट्र बैंकले यसअघि असार १ गते पनि ९१ दिन अवधिको ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : ५० बजे

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको