पहिलोपटक कालापानी सीमाको १ नम्बर पिलरमा सशस्त्रको गस्ती  « Khabarhub

पहिलोपटक कालापानी सीमाको १ नम्बर पिलरमा सशस्त्रको गस्ती 


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको सीमा नाका १ नम्बर पिलर पुगेको छ ।

सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीका क्रममा पहिलो पटक १ नम्बर पिलर पुगेको हो ।

यसअघि सशस्त्र प्रहरी बलको टोलीले छाङरु आउट बोर्डर आशपास मात्रै गस्ती गर्ने गरेको थियो ।

केहीदिन अघि सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको छाङरु भ्रमण गरेपछि सशस्त्र प्रहरी बलको टोलीले कालापानीको १ नम्बर पिलर पुगेको हो ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।

गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ०९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन