रोनाल्डोको कीर्तिमानी गोलमा लाजियोविरूद्ध युभेन्टसको जीत « Khabarhub

रोनाल्डोको कीर्तिमानी गोलमा लाजियोविरूद्ध युभेन्टसको जीत


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा सिरि ए फुटबलमा युभेन्ट्सले सहज जीत निकालेको छ ।

सोमबार राति घरेलु मैदानमा युभेन्ट्सले लाजियोलाई २–१ गोल अन्तरले हराएको छ । युभेन्ट्सको जीतमा दुबै गोल रोनाल्डोले गरे ।

योसँगै रोनाल्डो सिरि ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । युभेन्ट्सलाई लगातार नवौं लिग उपाधि जीत्न मात्र ४ अंक आवश्यक देखिएको छ ।

रोनाल्डोले पेनाल्टीमार्फत युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पाउलो ड्याबालाको पासमा रोनाल्डोले दोस्रो गोल गरेका थिए । सिरो ईम्मोबिलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहेन ।

रोनोल्डोको कीर्तिमान

रोनाल्डो सिरि ए मा ३० गोल पुरा गर्ने युभेन्ट्सका तेस्रो खेलाडी बनेका छन् । ईम्मोबिल भने ३० गोल पूरा गर्ने पाँचौ ईटालियन खेलाडी हुन् ।

रोनाल्डो सबै भन्दा छिटो ५० गोल पूरा गर्ने सिरि एको यस शताब्दीकै पहिलो खेलाडी हुन् । उनले ६१ खेलमा सो उपलब्धी हासिल गरेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : २९ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने