पृथ्वीराजमार्गको तनहुँ खण्ड पनि अवरुद्ध « Khabarhub

पृथ्वीराजमार्गको तनहुँ खण्ड पनि अवरुद्ध


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आइतबारदेखिको अविरल वर्षापछिको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराका कारण राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले दुई ठाउँमा गएको पहिरोका कारण बिहानैदेखि राजमार्ग अवरुद्ध रहेको जानकारी दिए ।

पहिरो हटाएर राजमार्ग सञ्चालनको प्रयत्न भइरहेको र केही समय लाग्ने प्रनाउ तिमिल्सिनाले बताए ।

‘दुई ठाउँमा पहिरो गएका कारण राजमार्ग सञ्चालन गर्न केही समय लाग्छ’, उनले भने, ‘करिब ४०/४५ मिनेटसम्ममा राजमार्ग सञ्चालन हुन्छ ।’

राजमार्ग अवरुद्ध हुँदा पोखरा र मुग्लिङतर्फबाट आउँदै गरेका सवारी साधन रोकिएका छन् ।  पृथ्वी राजमार्गकै धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो जाँदा सोमबारदेखि सो क्षेत्रमा सडक अवरूद्ध भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ८ : ४७ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।