धनगढीका तीन ठाउँमा राखेका बम सेनाको टोलीद्वारा निस्क्रिय « Khabarhub

धनगढीका तीन ठाउँमा राखेका बम सेनाको टोलीद्वारा निस्क्रिय


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली । अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक मुख्य बाटोमा र एलएनचोक नजिकै रहेको गल्लीमा राखिएका बम सेनाको टोलीले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रेसर कुकर बाहिरबाट टेपले बाँधिएको, तार बाहिर निकालेको अवस्थामा बम भेटिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

त्यस्तै लम्किचुहा नगरपालिका कार्यालय नजिकै बाटोमा शङ्कास्पद वस्तु भेटिएको र नेपाली सेनाको टोलीसँग समन्वय भई सेनाको टोली निस्क्रिय गर्न त्यसतर्फ गइरहेको बताइएको छ ।

नगरपालिकाको गाडीमा आगजनी

कैलालीको घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्दै आएको स्कारपियो गाडीमा अज्ञात समूहद्वारा गएराति आगजनी गरिएको छ ।

नगरपालिकाको कर्मचारी आवासगृहको परिसरभित्र पार्किङ गरी राखिएको से१झ २४१ नंको गाडीमा अज्ञात समूहद्वारा आगजनी गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

गाडीको पछाडिपट्टिको भाग मात्र जलेको छ । साथै सँगै रहेको नगरप्रमुख ममताप्रसाद चौधरी चढ्ने गाडीमा कुनै क्षति नभएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : २८ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको