वीरगञ्जको नेशनल मेडिकलमा छापा, करिब १९ सय थान आरडीटी कीट बरामद | Khabarhub Khabarhub

वीरगञ्जको नेशनल मेडिकलमा छापा, करिब १९ सय थान आरडीटी कीट बरामद


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापामारी गरी करिब १९ सय थान आरडीटी कीट बरामद गरेको छ ।

कलेजमा गरिएको आरडीटी टेस्टमा ४ जनालाई कोरोना पोजेटिभ देखिएको थियो । चारै जनालाई पछि पीसीआर टेस्ट गर्दा एकजनालाई पोजेटिभ देखिए पछि कुरा बाहिरयो । त्यही कुरालाई लिएर प्रहरीले छापामारेको हो । छापामारी स्थानीय प्रशासनले भारी मात्रामा १९ थान आरडीटी कीट बरामद गरेको छ ।

कलेजमा एक जनामा कोरोना पुष्टि भएपछि अस्पतालको आकस्मिक कक्ष र बिरामी राख्ने कतिपय वार्डहरु बन्द गरी सेनिटाइज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । यसभन्दा पहिला पनि कलेजमा बाराका एक विरामीको कोरोनाको रिपोर्ट आउनु अघि नै अन्तिम संस्कारका लागि शव दिएपछि कलेज विवादमा तानिएको थियो ।

सरकारले आरडीटी टेस्टको विश्वनियतामाथि प्रश्न उठेपछि सबैको पीसीआर विधिबाटै कोरोना टेस्ट गर्ने प्रतिब्धता जनाएको थियो । तर सो विपरित मेडिकल कलेजले महँगो शुल्क लिएर आरडीटी टेस्ट गर्दै आएको पाइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १ : ०७ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने