बन्ने भयो ‘प्रसाद २’ « Khabarhub

बन्ने भयो ‘प्रसाद २’


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘प्रसाद २’ निर्माण हुने भएको छ । वि.सं. २०७५ मा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ मा दिनेश राउतको निर्देशन थियो ।

‘प्रसाद २’ मा निर्देशक भने फेरिएका छन् । खबरका अनुसार यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । दिनेशले समय दिन नसक्दा निर्देशनको जिम्मा सौरभलाई सुम्पिएको हो ।

फिल्मको कथा ‘प्रसाद’ लेखक सुशील पौडेलले नै तयार पारिरहेका छन् भने लगानी सुभाष थापाको रहने जनाइएको छ ।

फिल्ममा कलाकार को रहने भन्ने अझै तय नभएको जनाइएको छ । यद्यपि पुराना केही कलाकार दोहोरिने सम्भावना छ ।

यसअघि ‘प्रसाद’ मा विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ शीर्ष भूमिकामा थिए । यो फिल्मलाई ‘प्रसाद’ को प्रिक्वेलका रुपमा तयार गरिने लेखक पौडेलले बताए ।

यसअघि रिलिजमा आएको ‘प्रसाद’ ले चर्चा कमाएको थियो । यद्यपि फिल्मको कथालाई लिएर विवादका साथै बहस पनि भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ३ : ५० बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन