कांग्रेसले सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गर्ने « Khabarhub

कांग्रेसले सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गर्ने


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा हालै सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ।

विभागको साउन ५ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले खेलाडीलाई सम्मान गरिने जानकारी दिए ।

तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसँग सम्मान गरिने जनाए ।

‘सुरुमा हामीले एकल स्पर्धाका स्वर्णधारीलाई सम्मान गर्न लागेका हौं। उहाँहरुलाई १० दिनभित्रै सम्मान गर्छौं। साथीभाइसँग छलफल गरेर छुटेकालाई पनि सम्झन्छौं,’ प्रमुख बस्नेतले भने। एक स्वर्णलाई १० हजार, दुईलाई १५ हजार र चार स्वर्णलाई २५ हजार नगदसहित सम्मान गर्न लागिएको हो।

विभागले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका आफ्ना स्वर्गीय नेता र शहिदको सम्मानमा राष्ट्रिय, प्रदेशस्तरीय र स्थानीयस्तरीय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।

विभागले स्व बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि, मंगलादेवी सिंह, शैलजा आचार्य, धनमानसिंह परियार, खुमबहादुर खड्का, शेख इद्रिस, बलबहादुर राई, बखानसिं गुरुङ, योगेन्द्रमान शेरचन, भीमबहादुर तामाङ, राधाकृष्ण चौधरी, द्वारिकादेवी ठकुरानी, भूविक्रम नेम्वाङ र शहिद लखन थापा मगरको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : ०७ बजे

इरानप्रति अमेरिकी नीति पुनरावलोकन, आगामी कदम विचाराधीन

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान अवस्थासम्बन्धी विषयमा आफ्नो

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन