अन्तर्राष्ट्रिय सीमानाका साउन ३२ गतेसम्म बन्द रहने « Khabarhub

अन्तर्राष्ट्रिय सीमानाका साउन ३२ गतेसम्म बन्द रहने


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले छिमेकी मुलुकबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म जारी राख्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो ।

पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका बिहार, उत्तर प्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण बढेपछि सरकारले साउन ३२ सम्म सीमा क्षेत्रबाट हुने आवागमन बन्द राख्ने निर्णय गरेको उनले बताए ।

तर, जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको असहज परिस्थितिमा स्वदेश आउनै पर्ने नागरिकहरूलाई भने तोकिएबमोजिम स्थलमार्गबाट प्रवेश दिइने प्रवक्ता खतिवडाले बताए ।

उनले जबर्जस्ती प्रवेश गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : ३६ बजे

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई