४ महिनापछि लकडाउन अन्त्यको घोषणा, भदौ १ देखि अधिकांश क्षेत्र खुला | Khabarhub Khabarhub

४ महिनापछि लकडाउन अन्त्यको घोषणा, भदौ १ देखि अधिकांश क्षेत्र खुला


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउन १२०औँ दिनमा अन्त्य भएको घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार मध्यरातिबाट लकडाउन अन्त्य भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविध मन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

सरकारले नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएपछि गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । सरकारको उक्त घोषणासँगै १२१औँ दिनमा लकडाउन अन्त्य भएको छ। तर, चैत्र ११ पूर्वझैँ सामान्य अवस्थाका सबै प्रतिबन्धहरू अझै खुलाइएको छैन ।

साउन १५ देखि होटल, रेस्टुरेन्ट खुला हुने

सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डअनुसार साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट सेवा सञ्चालन गर्न दिइने भएको छ ।

मन्त्रिपरिषद् बैठकले होटल, रेस्टुरेन्ट खुला गर्ने तर सामूहिक भोज, पार्टी, सेमिनार गर्न नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

त्यस्तै हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धी ट्रेकिङ, ट्राभल, पर्वतारोहण एजेन्सी खुल्ने, बुकिङ सुरू गर्न दिइने भएको छ ।

साउन ३२ सम्म नाकाबाट प्रवेश निषेध

सरकारले अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्‍याएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिए ।

यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो ।

छिमेकी मुलुकहरूले कोरोना संक्रमणबाट जोगाउन अपनाइएको नीतिअनुसार नेपालले पनि उक्त निर्णय लिइएको प्रवक्ता खतिवडा बताए ।

पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका बिहार, उत्तर प्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।

भदौ १ देखि लामो दूरीका यातायात पनि चल्ने

सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा हुने, पठनपाठन भने नहुने

सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको छ ।

यस्तै लकडाउनमा स्थगित गरिएका तर, के गर्ने भनेर निर्णय भइनसकेका परीक्षा पनि अब नरोकिने भएका छन् । तर पठनपाठन भने त्यो मितिबाट नहुने बताइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : ५९ बजे

इजरालयद्वारा ‘प्यालेस्टिनी पेले’को हत्या, मोहम्मद सालाहले उठाए युईएफएमाथि गम्भीर प्रश्न

काठमाडौं- लिभरपुलका स्टार फुटबलर मोहम्मद सालाहले ‘प्यालेस्टिनी पेले’ का रुपमा

बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने

ढाका– बङ्गलादेशको अन्तरिम सरकारले फेब्रुअरीमा हुने आगामी आम निर्वाचनको समयमा

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक

शिक्षा विधेयकमा निजी विद्यालयको विरोध, माग पुरा नभए आन्दोलनमा उत्रिने 

काठमाडौं– सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि

ग्रे लिस्ट सन्दर्भ देखाउँदै सरकारले माग्यो सहकारीहरूको विवरण

काठमाडौं– सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसिया/प्यासिफिक ग्रुप अन