खेलकुदका गतिविधि भदौ १ बाट सञ्चालन हुने  « Khabarhub

खेलकुदका गतिविधि भदौ १ बाट सञ्चालन हुने 


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खेलकुदका गतिविधि भदौ १ बाट सञ्चालन हुने भएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरू भदौ १ गतेबाट सुरु गर्न सकिने निर्णय गरेको हो।

मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय खेलकुदको प्रशिक्षण तथा प्रारम्भिक खेल भदौ १ देखि शुचारु गर्न सकिने जानकारी दिएका हुन् ।

सरकारको निर्णयसँगै ४ महिना लामो लकडाउले बन्द रहेका खेलकुदका गतिविध चलायमान हुने अपेक्षा गरिएको छ ।

त्यसो त फागुन अन्तिम सातादेखि नै खेल क्षेत्र लगभग ठप्प छ । तर, पछिल्लो एक महिनादेखि विभिन्न स्थानमा खेलाडीहरुले आफ्नै तरिकाले अभ्यास सुरु गरिसकेका छन् ।

लकडाउनकै कारण दजर्नौं खेल गतिविधि रद्द भएका छन् भने अघिल्लो आर्थिक वर्षभित्र आयोजना गर्नु पर्ने प्रतियोगिताको बजेट फ्रिज भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यास सुरु गर्न सरकार समक्ष प्रस्ताव पेश गरेको थियो ।

यस्तै, भर्खर व्यवसायिक मार्गमा अगाडि बढ्न खोजेको नेपाली खेलकुद झण्डै ६ महिना बन्द अवस्थामा रहँदा सिनियर खेलाडीहरुमा भने पुनरागमनको चिन्ता देखिएको छ ।

लकडाउन जारी रहँदा पनि टोकियो ओलम्पिकको वाल्डकार्ड इन्ट्रीका लागि सिफारिस करातेका खेलाडी, बक्सिङका खेलाडी अभ्यासमा फर्किइसकेका छन् ।

लकडाउनकै बीच सबैभन्दा पहिले अभ्यास शुरु भने ब्याडमिन्टन संघले गरेको हो । राखेप कभर्डहलमा बिहान ८ बजेदेखि ११ बजेसम्म ब्याडमिन्टनले अभ्यास गरिरहेको छ ।

यस्तै, फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तरगत दोस्रो लेगको दोस्रो खेलमा नेपालले चाइनीज ताइपेइसँग खेल्ने तय भएको छ ।

नेपाल र ताइपेइको खेल अक्टोबर ८ मा दशरथ रंगशालामा हुनेछ । त्यसैको तयारीका लागि एन्फाले झण्डै पछिल्लो एक महिनादेखि सरकारसँग अभ्यासका लागि अनुमति मागिरहेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ८ : १७ बजे

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा

वालेन्द्र क्याबिनेटमा पुगे ६ महिला सदस्य, ३७ प्रतिशत सहभागिता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा उल्लेखनीय रूपमा महिला सहभागी

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट