तीजका ब्रतालुहरू भन्छन् : यसपालि महामारीबाट बचौँ, अर्को साल रमाऔँला « Khabarhub

तीजका ब्रतालुहरू भन्छन् : यसपालि महामारीबाट बचौँ, अर्को साल रमाऔँला

घरमै बसेर तीज मनाउन अनुरोध



काठमाडौं । आज हरितालिका तीज । हरेक वर्ष देशरभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीडभाड हुने तीज यो वर्ष भने सुनसान देखिएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सरकारले महामारी फैलन नदिन काठमाडौं उपत्यकालगायत विभिन्न जिल्ला तथा स्थानीय तहमा निषेधाज्ञा जारी गरेसँगै चहलपहल कम हुँदा तीज पनि सुनसान जस्तै भएको छ ।

विगतका वर्षहरुमा काठमाडौंस्थित पशुपतिनाथ परिसरमा महिला ब्रतालुहरुको ठुलै भीड देखिन्थ्यो । तर उपत्यकामा पनि निषेध आदेश जारी गरेसँगै अहिले पशुपतिनाथ मन्दिर परिसर सुनसान छ ।

त्यसो त लकडाउनकै समयमा पनि पशुपतिनाथ पुग्ने र मन्दिरबाहिर बाटै दर्शन गर्दै हिड्नेहरु पनि देख्न्थिे ।
सोमबारको व्रतमा पनि कतिपय महिलाहरुले पशुपतिको मुल गेट बाहिर नै पूजा गरे ।

तर निषेधाज्ञा जारी गरेपछि महिलाहरुले गेट बाहिरसम्म पनि पुग्न नपाउने भएका छन् । यससँगै व्रतालु महिलाहरुले यस वर्ष घरमै बसेर पूजाआराधना गरी तीज मनाउन पशुपति क्षेत्र विकास कोषले अनुरोध गरेको छ ।

कोषका सदस्य सचीव डा. प्रदीप ढकाल भन्छन्, ‘निषेधाज्ञा लागु भइसकेको छ । भक्तजनहरु पशुपति आउनुहुन्छ भन्ने त कोषले कल्पना पनि गरेको छैन । त्यसकारण यसवर्ष कुनै पनि व्यवस्था गरेको छैन ।’

‘कोषले लकडाउन हुँदादेखि नै मन्दिर आसपासका पसलहरु बन्द गराएको थियो भने चैत्र ११ गतेबाट मुख्य प्रवेशद्धार बन्द रहेको छ’ ढकालले खबरहबसँग भने, ‘दैनिक हुने नित्यकर्म भइरहेको छ भने अहिले निषेधाज्ञा लागू भएपछि कोही भक्तजन मन्दिर आउनु भएको पनि छैन ।’

ढकालले स्वास्थ्यभन्दा ठूलो केही नभएको र यस कोभिड १९ को महामारीबाट जोगिन पनि यस वर्ष घरमै सुरक्षित भएर तीज मनाउन सुझाव दिएका छन् ।

यसो भन्छन् व्रतालु महिला

कोरोना भाइरसको महामारी रोकथाम गर्न सरकारले गरेको निषेधाज्ञालाई महिलाहरुले सकरात्मक रुपमा लिएका छन् ।
यस अवधीमा उनीहरु घरमै बस्ने र घरभित्रै पुजा गर्ने बताउँछन् । त्यसो त विगतका वर्षहरुमा तीज आउनु केही महिना अगावै दर खाने र गीत घन्काउँदै रमाइलो गर्ने गरिन्थ्यो ।

तर यस वर्ष लकडाउनकै कारण पनि महिलाहरु घर बाहिर निस्कन नपाएको बताउँछिन् काठमाडौंस्थित नयाँबस्तीकी रमा थापा ।

‘विगतका वर्षहरुमा साथीसंगी इष्टमित्रहरुलाई घरमा बोलाएर एक महिना अघिदेखि दर खुवाउने र रमाइलो गर्ने गरेका थियौं’ उनी खबरहबसँग भनिन्, ‘त्यस वर्ष त्यसरी कुनै कार्यक्रम गर्न सकिएन कोभिडबाट बचियो भने अर्को वर्ष रमाइलो गर्ने नि !’

तीजको अघिल्लो दिन उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि महिलाहरु तीजको दिन घरमै बस्नुपर्ने भएको हो ।

‘नजिकै रहेको शिव मन्दिर जाने र बाहिरैबाट भएपनि पूजाआराधना गरेर फर्कने सोच बनाएको थिएँ’ नारायणटारकी सुस्मिता अधिकारीले भनिन्, ‘तर निषेधाज्ञा नै भइसकेपछि कसको के लाग्छ र यो सबै हाम्रै सुरक्षाको लागि हो भनेर बुझ्न पर्छ ।’

तीजको दिन व्रत बस्ने र घरमै पुजा गरी बाहिर ननिस्कन समेत उनी अन्य महिलाहरुलाई अनुरोध गर्छिन् । भन्छिन्, ‘तीज हाम्रै पर्व हामीले यस वर्ष घरभित्रै बसेर मनाउनुपर्छ ।’

यस्तो छ सामाजिक महत्व

हिन्दु नारीहरुले मनाउने एउटा महत्वपुर्ण चाडको रुपमा हरितालिका तीजलाई लिइन्छ । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने यो चाडमा भगवान शिवको आराधना गर्नुका साथै नाचगान र मनोरञ्जन समेत गर्ने प्रचलन छ ।

यो चाडमा बिहे गरेर पराइ घर गएकी छोरीलाई माइती (बाबु, आमा र दाजुभाइ)ले घरमा बोलाएर विभिन्न परिकार खुवाउने गरिन्छ । त्यस्तै वर्षौदेखि टाढा भएका साथीसंगीसँग भेट्ने, दुःख सुखका कुराहरु साट्ने र एकआपसमा गीत गाउँदै रमाउने गरिन्छ ।

त्यस्तै कतिपय महिलाहरु नजिकैको शिवालयमा गई शिवको आराधना गर्ने गर्छन् । तीजका दिन देशभरका शिवालयहरुमा पनि निकै भीड हुने गर्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : ५० बजे

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो