मध्यविन्दु अस्पतालमा उपचाररत बिरामीमा कोरोना पुष्टि, अस्पताल सिल गर्ने तयारी « Khabarhub

मध्यविन्दु अस्पतालमा उपचाररत बिरामीमा कोरोना पुष्टि, अस्पताल सिल गर्ने तयारी



नवलपुर । नवलपरासीपूर्वी कावासोतीमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालका एक बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि जिल्ला अस्पतालल नै सिल गर्ने तयारी गरिएको छ ।

कावासोती नगरपालिका १६ का ४० वर्षीय पुरुष केही दिनअघिदेखि बिरामी भएर जिल्ला अस्पताल भर्ना भएका थिए ।

उनीसँगै आकस्मिक कक्षमा अन्य बिरामीहरु पनि छन् । ज्वरो आएर अस्पताल भर्ना भएका ती ब्यक्तिलाई अस्पतालका सबै चिकित्सकहरुले हेर्दै आएका थिए ।

अन्य बिरामीसरह नै उपचार भइरहेका ती बिरामीको २ दिनअघि स्वाब लिएर परीक्षणका लागि चितवन पठाइएको थियो । शुक्रबार बिहान आएको रिपोर्टमा ती ब्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि बिहानै अस्पतालको आइसोलेशनमा सारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईँले बताए ।

कोरोना पोजेटिभ देखिएका कावासोती नगरपालिका १६ डण्डा निवासी ती ब्यक्ति स्थानीय ब्यापारीसमेत हुन् । उनलाई संक्रमण देखिएपछि अस्पतालमा ओपीडी सेवा र भर्ना बन्द गरिएको छ ।

थप तयारीबारे अस्पताल ब्यवस्थापन समितिसहित जिल्लाका स्वास्थ्य अधिकारीहरुबीच छलफल भइरहेको अस्पतालका अध्यक्ष डा. गोपाल खनालले जानकारी दिए । शुक्रबार १ जना संक्रमित थपिएसँगै नवलपरासीपूर्वमा कोरोना संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ९ : ०५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज