एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस « Khabarhub

उपसभामुखको निर्वाचन

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरको पक्षमा आफूलाई उभ्याएको छ।

शुक्रबार उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्दै गर्दा कांग्रेस सांसद बासना थापालले प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा रुबीकुमारीको पक्षमा उभिने बताइन् ।

‘प्रमुख प्रतिपक्षीका रुपमा नेपाली कांग्रेसले श्रमसंस्कृतिकी रुबीकुमारीको पक्षमा उभिने निर्णय गरेको छ’, उनले भनिन्, ‘तर कांग्रेसले रास्वपा नेतृत्वको सरकारलाई प्रतिपक्षीका रुपमा खबरदारी गर्ने भूमिकाबाट आफूलाई विचलित गराउने छैन।’

उनले संसद्‍देखि सडकसम्मबाट प्रतिपक्षीका रुपमा कांग्रेसले रास्वपा नेतृत्वको सरकारलाई जिम्मेवारीपूर्वक खबरदारी गरिरहने बताइन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ५ : २७ बजे

प्रधान सेनापति सिग्देलद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी