तोडफोड गरेर आइसोलेसनका सामग्री चोरी « Khabarhub

तोडफोड गरेर आइसोलेसनका सामग्री चोरी


५ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको आईसोलेसनको स्वास्थ्य सामग्री चोरी भएको छ। खाँदबारी–७, हिमालय किरण क्याम्पसमा आईसोलेसनको प्रयोगका लागि राखिएका सामग्री गएराति चोरी भएका छन् । सामग्री राखिएको ठाउँमा तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ।

आईसोलेसनका करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । अक्सिजन मेसिन, सक्सन मेसिन, ७० थान पीई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडर लगायतका सामग्री चोरी भएको झाले बताए ।

सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टाइनमा रहेका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र २२ वर्षीय पुरुष समेत कोरोना पुष्टिमा कोरोना पोजिटिभ देखिएको हो। उनीहरुलाई बिहीबार क्याम्पसमा निमार्ण भएको आईसोलेसनमा ल्याउने विपद् व्यवस्थापनको निर्णयपछि स्थानीयले विरोध जनाउँदै आएका थिए।

अहिले सोही आईसोलेसनमा ३ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए। तोडफोडपछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको छ।

कोरोना पुष्टि भएको ४ औं दिनमा उनीहरुलाई आईसोलेसनमा राखिएको हो। चोरी र तोडफाडमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  १० : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको