अफगानिस्तानमा लस्कर-ई-तालिबाका दुई कमाण्डरसहित पाँच मारिए « Khabarhub

अफगानिस्तानमा लस्कर-ई-तालिबाका दुई कमाण्डरसहित पाँच मारिए


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा लस्कर-ई-तालिबा (लेट)का दुई वरिष्ठ कमाण्डसहित पाँच जना मारिएका छन् ।

अफगानिस्तानको कुनार प्रान्तको दाङगाम जिल्लामा भएको राष्ट्रिय सुरक्षा निर्देशनालय र अफगानी राष्ट्रिय सेनाको संयुक्त अपरेसनका क्रममा भएको झडपमा आतंकवादी समूह लस्कर-ई-तालिबाका पाँच जना मारिएका हुन् ।

मारिएका लेटका दुई कमाण्डहरुमा पचा खान र अख्तर रहेको मारिएका छन् । शाही पाकिस्तान ताङ्गाई बजार बजुउर खैबर पख्तुनख्वा प्रान्तका बासिन्धा हुन् ।

पचा खान, अख्तर, ताईब बजौरी, शराफत बाजुरी र मोहिबुल्लाह उक्त झडपमा मारिएका हुन् । उक्त अपरेसनले फेरि यो तथ्यलाई पुष्टि दिन्छ कि पाकिस्तान सरकार र यसको जासूस एजेन्सी, अन्तर-सेवा खुफिया (आईएसआई) अफगानिस्तानमा आतंककारीहरूलाई सहयोग पुर्‍याउँदै युद्धग्रस्त देशमा अशान्ति पैदा गर्न पाकिस्तानी युवाहरुलाई पठाएको छ ।

गत महिना अफगानिस्तानको कंधारमा मारिएका आतंककारीहरूको शवबाट पाकिस्तानी परिचयपत्रहरू बरामद गरिएको थियो । खामा समाचार एजेन्सीका अनुसार सुरक्षा बलले मारुफमा आतंककारीबाट पनि पाकिस्तानी परिचयपत्र बरामद गरेको थियो ।

केही आईडी कार्डमा उर्दू भाषामा नामहरू लेखिएका थिए, जसम अब्दुल गनी, अब्दुल गफ्फर, सनाउल्लाह, नकीबुल्लाह, ओबैदुल्लाह, अब्दुल मलिकलगायत चिनाएका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ११ : ०७ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग