मोबाइलको डिस्प्लेसहित भारतीय नागरिकलाई पक्राउ « Khabarhub

मोबाइलको डिस्प्लेसहित भारतीय नागरिकलाई पक्राउ


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा १६ लाखभन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेश घर भई हाल टीकापुर नगरपालिका–१ मा डेरा गरी बस्ने चाँद अलीलाई १६ लाख ८९ हजार ६०० रुपैयाँ बराबरको मोबाइलका डिस्प्लेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले आज जानकारी दिए ।

भारतीय नागरीक अलीको कोठाबाट अवैधरूपमा भन्सार छली ल्याएका विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले फोल्डरहरु एक हजार २६७ थान फेला पारी बरामद गरिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

मोबाइलका डिस्प्ले फोल्डरहरु र निज अलीलाई आवश्यक कारवाहीका लागि आजै मूल भन्सार कार्यालय सत्ती कैलालीमा पठाइएको बताइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १२ : ५२ बजे

’संवैधानिक परिषद् खारेज गर्नुपर्छ’

सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशबाट चल्न थालेको लामो समय भइसकेको छ

सभामुख बालुवाटार पुगेर भेटे प्रधानमन्त्रीलाई

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

राष्ट्र बैंकले २२ अर्बको ट्रेजरी बिल जारी गर्दै 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको

युरो–२०२४ छनोट : इंग्ल्याण्डको लगातार दोस्रो जीत 

काठमाडौँ – इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको

तरकारी र फलफूलको मूल्य आज कति तोकियो?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज