समुदायमा फैलिँदै कोरोना : गण्डकी प्रदेशका थप २४ जनामा संक्रमण « Khabarhub

समुदायमा फैलिँदै कोरोना : गण्डकी प्रदेशका थप २४ जनामा संक्रमण



नवलपुर । गण्डकी प्रदेशका २४ जनालाई शुक्रबार कारोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएको छ ।

नवलपरासी पूर्वका १९ जना तथा कास्की र बाग्लुङ्का एक एक जना छन् । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

बिनयी त्रिवेणीका संक्रमित सबै समुदायका

बिनयी त्रिवेणी गाउँपालिकाको समुदायका थप १८ जनालाई कारोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । शुक्रबार बिहान कावासोती नगरपालिकामा संक्रमण देखिएका एक जना पनि समुदायकै बिरामी हुन् ।

भदौ २ गते बिनयी त्रिवेणी गाउँपालिकाको नारायणी गण्डकी माविमा संकलन गरिएको १ सय १६ वटा स्वावमध्ये १८ जनामा पोजेटिभ देखिएको बिनयी त्रिवेणी गाउँपालिकाका स्वास्थ्य अधिकृत ध्रुवराज काफ्लेले जानकारी दिए ।

संक्रमित सबै समुदायका सक्रमित हुन् । केही दिनअघि समुदायका २ जनालाई संक्रमित पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा १ सय १६ जनाको स्वाव संकलन गरि पोखरा पठाइएको थियो । योसँगै बिनयी त्रिवेणी गाउँपालिकामा ३८ जना संक्रमित भएका छन् ।

संक्रमण पुष्टी हुनेमा बिनयी त्रिवेणी वडा नम्बर ६ का १० पुरुष र ३ महिला रहेका छन् भने वडा नम्बर ७ का ३ पुरुष र २ महिला रहेका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए ।

शुक्रबार संक्रमण पुष्टी भएका १८ जनालाई देवचुली नगरपालिका १६ स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य प्रमुख काफ्लेले बताए ।

शुक्रबार नै कावासोती नगरपालिका १६ डण्डा निवासी ४० वर्षका एक स्थानीय ब्यापारीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । मध्यबिन्दु जिल्ला अस्पतालमा अन्य रोगका बिरामीसँगै भर्ना भइ उपचार गरिएका ती बिरामीलाई शुक्रबार बिहान अस्पतालकै आइसोलेशनमा सारिएको अस्पतालका निर्देशक डा. गोपाल खनालले जानकारी दिए ।

जिल्ला अस्पताल सिल

ज्वरो आएर अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीलाई कोरोना संक्रमण पुष्टी भएसँगै जिल्लाको एक मात्र सरकारी अस्पताल सिल गरिएको छ ।

अस्पतालको बिरामी भर्ना तथा ओपीडी सेवा बन्द गरी शुक्रबारबाट अस्पताल सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीकाअनुसार अहिलेसम्म ३ सय ८० जना संक्रमित भएकोमा ३ सय ३० जना निको भएर घर फर्किसकेका छन् भने तीन जना संक्रमितको जिल्ला बाहिर उपचार भइरहेको छ ।

एकै परिवारका १३ जना संक्रमित

बिहीबार पोखराका ३ जनालाई कोरोना संक्रमण पुष्टी भएको थियो । ती मध्ये २ जना पोखरा ५ का बासिन्दा हुन् । उनीहरु पोखरा मालेपाटनस्थित एक सहकारीका कर्मचारीका नातेदार हुन् ।

सहकारीका कर्मचारीलाई कोरोना पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा उनीहरुको पनि स्वाव परीक्षण गरिएको थियो । पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीकाअनुसार ती कर्मचारीको परिवारमा १३ जनालाई संक्रमण पुष्टी भइसकेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १ : ४८ बजे

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’

मान्म– विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै 

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

दाङ– स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे