समुदायमा फैलिँदै कोरोना : गण्डकी प्रदेशका थप २४ जनामा संक्रमण « Khabarhub

समुदायमा फैलिँदै कोरोना : गण्डकी प्रदेशका थप २४ जनामा संक्रमण



नवलपुर । गण्डकी प्रदेशका २४ जनालाई शुक्रबार कारोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएको छ ।

नवलपरासी पूर्वका १९ जना तथा कास्की र बाग्लुङ्का एक एक जना छन् । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

बिनयी त्रिवेणीका संक्रमित सबै समुदायका

बिनयी त्रिवेणी गाउँपालिकाको समुदायका थप १८ जनालाई कारोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । शुक्रबार बिहान कावासोती नगरपालिकामा संक्रमण देखिएका एक जना पनि समुदायकै बिरामी हुन् ।

भदौ २ गते बिनयी त्रिवेणी गाउँपालिकाको नारायणी गण्डकी माविमा संकलन गरिएको १ सय १६ वटा स्वावमध्ये १८ जनामा पोजेटिभ देखिएको बिनयी त्रिवेणी गाउँपालिकाका स्वास्थ्य अधिकृत ध्रुवराज काफ्लेले जानकारी दिए ।

संक्रमित सबै समुदायका सक्रमित हुन् । केही दिनअघि समुदायका २ जनालाई संक्रमित पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा १ सय १६ जनाको स्वाव संकलन गरि पोखरा पठाइएको थियो । योसँगै बिनयी त्रिवेणी गाउँपालिकामा ३८ जना संक्रमित भएका छन् ।

संक्रमण पुष्टी हुनेमा बिनयी त्रिवेणी वडा नम्बर ६ का १० पुरुष र ३ महिला रहेका छन् भने वडा नम्बर ७ का ३ पुरुष र २ महिला रहेका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए ।

शुक्रबार संक्रमण पुष्टी भएका १८ जनालाई देवचुली नगरपालिका १६ स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य प्रमुख काफ्लेले बताए ।

शुक्रबार नै कावासोती नगरपालिका १६ डण्डा निवासी ४० वर्षका एक स्थानीय ब्यापारीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । मध्यबिन्दु जिल्ला अस्पतालमा अन्य रोगका बिरामीसँगै भर्ना भइ उपचार गरिएका ती बिरामीलाई शुक्रबार बिहान अस्पतालकै आइसोलेशनमा सारिएको अस्पतालका निर्देशक डा. गोपाल खनालले जानकारी दिए ।

जिल्ला अस्पताल सिल

ज्वरो आएर अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीलाई कोरोना संक्रमण पुष्टी भएसँगै जिल्लाको एक मात्र सरकारी अस्पताल सिल गरिएको छ ।

अस्पतालको बिरामी भर्ना तथा ओपीडी सेवा बन्द गरी शुक्रबारबाट अस्पताल सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीकाअनुसार अहिलेसम्म ३ सय ८० जना संक्रमित भएकोमा ३ सय ३० जना निको भएर घर फर्किसकेका छन् भने तीन जना संक्रमितको जिल्ला बाहिर उपचार भइरहेको छ ।

एकै परिवारका १३ जना संक्रमित

बिहीबार पोखराका ३ जनालाई कोरोना संक्रमण पुष्टी भएको थियो । ती मध्ये २ जना पोखरा ५ का बासिन्दा हुन् । उनीहरु पोखरा मालेपाटनस्थित एक सहकारीका कर्मचारीका नातेदार हुन् ।

सहकारीका कर्मचारीलाई कोरोना पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा उनीहरुको पनि स्वाव परीक्षण गरिएको थियो । पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीकाअनुसार ती कर्मचारीको परिवारमा १३ जनालाई संक्रमण पुष्टी भइसकेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १ : ४८ बजे

चार वर्षे कार्यकाल पूरा गरी बिदा भए राखेपका सदस्य सचिव घिसिङ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ तथा

सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण

शिथिल अर्थतन्त्रलाई भूमि अध्यादेशले चलायमान बनाउने जग्गा तथा आवास विकास महासङ्घको विश्वास

काठमाडौं– नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रिपरिषदबाट पारित भएको

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई कामपाले निःशुल्क उपचार गर्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क

विशेषज्ञको अभाव हुँदा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा बन्द 

काठमाडौं– विशेषज्ञको अभाव हुँदा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा