कोरोना संक्रमित १३३ जना आईसीयुमा र १५ को भेन्टिलेटरमा उपचार हुँदै | Khabarhub Khabarhub

कोरोना संक्रमित १३३ जना आईसीयुमा र १५ को भेन्टिलेटरमा उपचार हुँदै


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमतिको संख्या बढ्दै जाँदा आईसीयू र भेन्टिलेटरमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर संक्रिय संक्रमतिको संख्या १२ हजार १३२ जना रहेका छन् ।

कोरोना संक्रमित गम्भिर बिरामीहरुको आइसीयु र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १३३ जना आईसीयूमा उपचाररत छन् भने १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार भेन्टिलेटरमा रहेका संक्रमतिहरु काठमाडौं बागमती प्रदेशका अस्पतालमा उपचारत छन् ।

यस्तै आइसीयुमा रहेका १३३ जना संक्रमित मध्ये प्रदेश १ मा १६ जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश ५ मा १३ जना छन् ।

यस्तै कोरोनाको लक्षण देखिएर अस्पतालको आइसोलेसनमा भर्ना भएका संक्रमतिको संख्या ८ हजा ५४६ जना रहेको छ ।

हाल सरकारले कोरोनाका लक्षण देखिएका संक्रमितलाई मात्र अस्पतालमा राख्ने गरेको छ ।

कोरोनाको लक्षण भएका संस्थागत आइसोलेसनमा रहेका संक्रमित मध्ये प्रदेश नम्बर १ मा १ हजार ३९ जना, प्रदेश २मा १ हजार ८९३ जना, बागमती प्रदेशमा ३ हजार १६० जना, गण्डकी प्रदेशमा ३३९ जना, प्रदेश ५ मा ८६७ जना, कर्णाली प्रदेशमा ३१० जना र सुदूरपश्चिम प्रदेशमा ९३८ जना रहेका छन ।

नेपालमा हाल कोरोना सक्रमण पुष्टि भएका तर घरमै रहेका अर्थात होम आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या पनि ३ हजार भन्दा बढी छ ।

स्वास्थ्य मन्त्रालयको शुक्रबार सम्मको तथ्यांकका अनुसार ७ वटै प्रदेशका जिल्लाहरुमा ३ हजा ५८६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

ती मध्ये प्रदेश १ मा २६८ जना, प्रदेश २ मा २ हजार ८९७ जना, बागमती प्रदेशमा १११ जना, गण्डकी प्रदेशमा २७ जना, प्रदेश ५ मा २४२ जना, कर्णाली प्रदेशमा १८ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना होम आइसोलेसनमा रहेका छन् ।

नेपालमा रहेका कुल संक्रमति मध्ये हालसम्म १८ हजार २१४ जना निको भएका छन् भने आज थपिएका ११ जना सहित मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ५ : २९ बजे

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका महत्त्वपूर्ण सार्वजनिक

दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता

काठमाडौं– दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको

स्वस्तिका र शिभाली सेमिफाइनलमा

काठमाडौं– स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड

नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल

लुम्बिनी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री

देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

पाटन– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटक पटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकोमा