विदेशबाट फर्किने नेपालीलाई होटलले सेवा उपलब्ध गराउने | Khabarhub Khabarhub

विदेशबाट फर्किने नेपालीलाई होटलले सेवा उपलब्ध गराउने


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विदेशबाट उद्धार गरी हवाई उडानमार्फत स्वदेश फर्काइने नेपालीलाई होटल सङ्घ नेपालका क्वारेन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराउने भएका छन् ।

सङ्घले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारबाट स्वीकृत कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने विश्व स्वास्थ्य सङ्गठनको सिफारिस अनुरुपको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी विदेशबाट स्वदेश फर्काइने नागरिकलाई होटलको सेवा उपलब्ध गराउने जनाएको हो ।

स्वीकृत सरकारी प्रक्रिया अनुसार पाहुना न्यूनतम सात रात होटलमा अनिवार्य वस्नुपर्ने र पीसीआर परीक्षणबाट सङ्क्रमण नभएको प्रमाणित भएपछि मात्र चेकआउट गर्न पाउनेछन् ।

पाहुनाहरुले अनिवार्य रुपमा सरकारको स्वास्थ्य मापदण्ड पालना गरी बिहान बेलुकाको सबै खानापिना होटलबाटै उपलब्ध गर्नुपर्ने जस्ता व्यवस्था गरिएको सङ्घले जनाएको छ ।

सरकारको स्वास्थ्य मापदण्ड अनुरुपका उपकरण र सामग्रीहरु सदस्य होटलले व्यवस्थापन गरी कामदार कर्मचारीलाई कोभिड— १९ सङ्क्रमण रोकथाम सम्बन्धमा नेपाल पर्यटन बोर्डको सहकार्यमा अभिमुखीकरण तालीम समेत गराई सकिएको होटल सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ ।

क्वारेन्टिनका लागि सेवा उपलब्ध गराउने होटल सङ्घका सदस्य होटल पर्यटकस्तरीय देखि पाँच तारेसम्म छन् ।

मूल्य अभिवृद्धि कर र सेवा शुल्क समावेश गरी पर्यटक स्तरीय सदस्य होटलहरुले दिने सेवा र पाहुनाले तिर्ने न्यूनतम रकमसमेत स्वीकृत भएको जानकारी दिइएको छ ।

राष्ट्रिय सङ्कटको वर्तमान अवस्थामा सरकारको आह्वानमा सदस्य होटलहरुले उपलब्ध गराउने सेवाहरु नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यबाट अभिप्रेरित भएको हुँदा प्रतिव्यक्ति न्यूनतम १८ सय र त्यस माथिको होटलको स्तरअनुसारको शुल्क स्वीकृत भएको पनि सङ्घले जनाएको छ ।

होटल सङ्घका सदस्य होटल पर्यटन विभागअन्तर्गत रही सम्बन्धित कर कार्यालयमा दर्ता भई नेपाल सरकारको होटल मापदण्ड अनुसार सञ्चालनमा रही आएको पनि होटल सङ्घ नेपालले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ५ : ३९ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको