भदौ १६ गतेबाट कुन-कुन मुलुकमा नियमित उडान, कहाँ चार्टर्ड ? « Khabarhub

भदौ १६ गतेबाट कुन-कुन मुलुकमा नियमित उडान, कहाँ चार्टर्ड ?


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले पीसीआर परीक्षण सहज भएका देश र शरहरुबाट नेपाली नागरिक ल्याउन नियमित उडान शुरु गर्ने निर्णय गरेको छ। नियमित उडान नहुने ठाउँमा चार्टर्ड उडान गरिने भएको छ ।

सरकारको प्रवक्ता डा युवराज खतिवडाले भदौ १६ बाट नियमित उडानको तालिका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने जानकारी दिएका हुन् ।

यी देशमा नियमित उडान

बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हाे।

डा खतिवडाले नियमित उडान नहुने देशमा सम्बन्धित देशका नेपाली दूतावासले चार्टर्ड उडान गर्ने जनाएका छन् ।

नियमित उडान नहुने मुलुकमा चार्टर्ड उडान 

साउदी अरब, कतार र कुवेत जस्ता पीसीआर परीक्षण सहज नभएका देशमा नियमित उडान नहुने डा खतिवडाले जनाएका छन्।

यस्तो देशमा सम्बन्धित देशमा रहेको नेपाली दूतवासले चार्टर्ड उडान गर्ने जानकारी दिए ।

यस्तै, सरकारले नेपाल प्रवेश गर्ने हवाई यात्रीको संख्यासमेत तोकेको छ। डा खतिवडाले नियमित तथा चार्टर्ड उडान गर्दा दैनिक पाँच सयभन्दा बढी यात्री नहुने गरी पर्यटन मन्त्रालयले तालिका मिलाउने जानकारी दिए।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : १९ बजे

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको