कोरोना नियन्त्रणमा सरकारले खर्च गर्‍याे १२ अर्ब, कहाँ कति ? (विवरणसहित) « Khabarhub

कोरोना नियन्त्रणमा सरकारले खर्च गर्‍याे १२ अर्ब, कहाँ कति ? (विवरणसहित)


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १२ अर्ब रकम खर्च गरेको छ।

मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै गत साउन मसान्तसम्म तीनै तहबाट रु ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको जानकारी दिए ।

सोअन्तर्गत औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य शीर्षकमा रु चार अर्ब ८१ करोड नौ लाख ९८ हजार खर्च भएको छ ।

सङ्घीय संचित कोषबाट विभिन्न मन्त्रालयबाट हालसम्म रु पाँच अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारका तर्फबाट रु एक अर्ब ४९ करोड ७० लाख ४५ हजार र स्थानीय तहबाट रु एक अर्ब ३५ करोड २० लाख ५९ हजार स्रोत व्यवस्थापन भएको छ ।

केन्द्र सरकारको कोरोना रोकथाम र उपचार कोषमा हालसम्म रु दुई अर्ब ७५ करोड जम्मा भएको पनि अर्थमन्त्री डा खतिवडाले जानकारी दिए ।

तीनवटै स्थानीय तहबाट भएको खर्चको विवरण

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : ५७ बजे

वैदेशिक रोजगारीमा लाखौँ ठगी : पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

डिजिटल अद्यावधिक स्वीकार्दै देउवा समूहले दियो उपसभापति शर्माको सातबुँदे प्रस्तावमा जवाफ

काठमाडौं– कांग्रेसको आन्तरिक विवाद समाधानार्थ इतर समूहले उपसभापति विश्वप्रकाश शर्माले

नारायण दाहालले भने- लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थाल्यो

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले लामो संघर्ष र योगदानबाट

विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत भेटिइन्

कैलाली- कैलालीमा विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी

पलाउमा आप्रवासी निर्वासन सुरु, ट्रम्प प्रशासनको नयाँ कदम

सिड्नी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा कडाइ गर्दै उष्णकटिबन्धीय