पुजारीको हत्यारा र झण्डा जलाउनेलाई कडा कारबाहीको माग « Khabarhub

पुजारीको हत्यारा र झण्डा जलाउनेलाई कडा कारबाहीको माग


५ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिव सेना नेपालले नेपालको राष्ट्रिय झण्डा जलाउने र रौतहटमा पुजारीको हत्या गर्ने यी दुबै घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

बिहीबार शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले विज्ञप्ति जारी गर्दै यी दुबै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका हुन् ।

उनले देशको झण्डा जलाउनेहरु जो सुकै जहाँ भेटिन्छन्, त्यही कारबाही गरिने चेतावनी समेत दिएका छन् । अध्यक्ष बस्नेतले देशको झण्डा जलाउने कार्य अपराधको पराकाष्ठा भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘यस्ता अपराधीलाई यो देशमा बस्ने अधिकार छैन । यस्ता देशद्रोहीहरुलाई जहाँ भेटिन्छ, त्यही कारबाही गरिनेछ ।’

राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने कार्यमा संलग्न भएको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यता बुधबार राति रौतहटको माधवनारायण नगरपालिका –२ स्थित हनुमान मन्दिरका पुजारी राम साहलाई गोली हानी हत्या गरिएको घटनालाई शिव सेनाले गम्भीर रुपमा लिएको छ ।

अध्यक्ष बस्नेतले बारम्बार हिन्दू साधुहरुमाथि भइरहेका आक्रमणका घटनाहरुलाई लिएर सुनियोजित रुपमा समेत भएको हुनसक्ने आशंका गरेका छन् ।

उनले पुजारी हत्या घटनासको सत्यतथ्य छानविन गर्न समेत माग गरेका छन् ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ३ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको