कोरोना संक्रमित पत्ता लगाउन मात्रै हालसम्म सरकारको ३ अर्ब खर्च « Khabarhub

कोरोना संक्रमित पत्ता लगाउन मात्रै हालसम्म सरकारको ३ अर्ब खर्च


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना संक्रमति पत्ता लगाउन मात्र ३ अर्ब भन्दा बढी रकम खर्च गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमित पत्ता लगाउन ५ लाख ७९ हजार ८९९ जनामा पीसीआर परीक्षण गर्दा रु ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय खर्च भएको बताए ।

उनले ३ अर्ब खर्च गरेर पीसीआर परीक्षण गर्दा ३० हजार ४८३ जनामा कोरोना पुष्टि भएको बताए ।

डा गौतमका अनुसार सरकारले कोरोना संक्रमतिको स्वाब संकलन गरी परीक्षण गर्दा अर्थात एक जना कोरोना संक्रमति केस पत्ता लगाउन मात्र रु १ लाख ४ हजार ६ सय खर्च गरेको छ ।

यस्तै संक्रमित व्यक्तिलाई ३० दिन आईसीयूमा राख्नुपर्ने भएमा प्रतिव्यक्ति थप ४ लाख ५० हजार रुपैयाँ खर्च हुने पनि डा गौतमले बताए । उनले कोरोनाको परीक्षण र संक्रमितको उपचार धेरे खर्चिलो भएको पनि बताए ।

उनले कोरोना संक्रमति पहिचान गर्न र उपचार गर्न धेरै रकम खर्च भइरहेको भन्दै सर्वसाधारणलाई कोरोनाबाट बच्न सचेत रहन समेत आग्रह गरेका छन् ।

डा गौतमले काठमाडौंमा निषेधाज्ञा गरिएकाले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।

यस्तै अत्यावश्यक काम परेमा वा सामाग्रीहरु किन्नु पर्ने भएमा व्यक्तिसँग २ मिटरको दूरी कायम गर्न, अनिवार्य रुपमा मास्क लगाउन र साबुनपानीले मिचिमिचि हात धुन वा स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ११ : ११ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ