काखी गन्हाउने समस्या हटाउने घरेलु उपाय « Khabarhub

काखी गन्हाउने समस्या हटाउने घरेलु उपाय


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अन्य मौसमको तुलनामा गर्मी मौसममा मानिसलाई अत्यधिक पसिना आउने गर्दछ । पसिना आउनु स्वभाविक भए पनि यसको गन्धले मानिसलाई समस्यामा पार्ने गर्दछ ।

पसिना गन्हाउने समस्यासंगै मानिसमा काखी गन्हाउने समस्या समेत हुने गर्दछ । काखी गन्हाउने समस्याले मानिसको ब्यक्तित्वमा समेत असर पार्दछ । काखी गन्हाउने समस्यालाई निम्न घरेलु विधिबाट समाधान गर्न सकिन्छ ।

१. शितलमा बस्ने
पसिना गन्हाउने वा काखी गन्हाउने समस्याबाट बच्न सकेसम्म शरीरमा पसिना आउन नदिनु नै उत्तम विकल्प हुन्छ । यसकालागी मानिस अत्यधिक गर्मी हुने ठाउँमा नबस्ने सकेसम्म शितलमा बस्ने गर्नु पर्दछ ।

२. सरसफाई
काखी गन्हाउने समस्या भएकाहरुले दैनिक न्युनतम एकपल्ट नुहाउने बानी बसाउनु पर्दछ । सम्भव भए बिहान र अपरान्हमा नुहाएमा शरीर शितल भई पसिना गन्हाउने समस्या हुदैन ।

३. सुती कपडाको प्रयोग
काखी गन्हाउने समस्या भएकाहरुले हावा छिर्ने सुती वा फाईबरको कपडा लगाउनु पर्दछ । यसले अन्य कपडाको तुलनामा शरीरमा हावा छिर्न नपाउने समस्याबाट बचाउँछ ।

४. पानी र फलफूल
यो समस्या भएकाहरुले प्रसस्त मात्रामा पानी वा फलफूल खाने गर्नु पर्दछ । प्रर्याप्त पानी पिएमा पसिना गन्हाउने समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।

५. खाने कुरा
पसिना गन्हाउने समस्या भएकाहरुले कफी, जंक फुड, तारेका खाना खानु हुदैन । यस्ता खानाले पसिना ग्रन्थीलाई सक्रिय बनाउँछ र अत्यधिक पसिना आउने र गन्हाउने हुन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ९ : ३६ बजे

सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक

काठमाडौं–  सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई-सक्षम फोरके

दाङमा १४ हजारभन्दा बढी मतदाता थपिए

दाङ– दाङमा १४ हजार बढी मतदाता थपिएका छन् । निर्वाचन

काठमाडौंका करणको आक्रामक ब्याटिङले लुम्बिनीले पायो १५८ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

इजरायलद्वारा वेस्ट ब्यांककबाट ५० जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले मंगलबार वेस्ट ब्यांककमा व्यापक

दबाबमा काठमाडौंको ब्याटिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको