प्रिमियर लिग : मानेको गोलमा लिभरपुलको शानदार जित | Khabarhub Khabarhub

प्रिमियर लिग : मानेको गोलमा लिभरपुलको शानदार जित


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हराएको छ ।

एनफिल्ड क्लबका फरवार्ड मानेको दुई गोलको सहयोगमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० ले हराएको हो ।

पहिलो हाफ गोलरहित भएपनि अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सन दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा सीमित बन्यो ।

५०औं मिनेटमा मानेको हेड गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनाएको थियो । त्यसको चार मिनेटपछि उनैले एनफिल्ड क्लबको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको इन्जुरी समयमा लण्डन क्लब चेल्सीले पेनाल्टीको अवसर गुमायो । जोर्गिन्होको प्रहार लिभरपुलका गोलकिपर एलिसनले बचाए ।

चेल्सीमाथि शानदार जितसहित लिभरपुलले नयाँ सिजन समेत उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ ।

समर ट्रान्सफरमा युरोपेली क्लब फुटबलमा सबैभन्दा धेरै खर्च गरेको चेल्सीमाथि लिभरपुलले प्रभाव देखिने जित निकाल्यो ।

नयाँ सिजनका लागि खेलाडी खरिदमा ठूलो रकम खर्च गरेको चेल्सीले लिभरपुललाई गतिलो चुनौती दिन सकेन ।

मुख्य खेलाडीको रुपमा अनुबन्धन गरेका टिमो वार्नर र काइ हाभर्ट्जले प्रिमियर लिगको दोस्रो खेलमा समेत गोल गर्न सकेनन् ।

लगातार दुई खेल जितेको लिभरपुलले २ खेलबाट ६ अंक जोडेको छ । चेल्सीको २ खेलबाट ३ अंक भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ५ : ५४ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान