प्रिमियर लिग : मानेको गोलमा लिभरपुलको शानदार जित « Khabarhub

प्रिमियर लिग : मानेको गोलमा लिभरपुलको शानदार जित


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हराएको छ ।

एनफिल्ड क्लबका फरवार्ड मानेको दुई गोलको सहयोगमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० ले हराएको हो ।

पहिलो हाफ गोलरहित भएपनि अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सन दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा सीमित बन्यो ।

५०औं मिनेटमा मानेको हेड गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनाएको थियो । त्यसको चार मिनेटपछि उनैले एनफिल्ड क्लबको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको इन्जुरी समयमा लण्डन क्लब चेल्सीले पेनाल्टीको अवसर गुमायो । जोर्गिन्होको प्रहार लिभरपुलका गोलकिपर एलिसनले बचाए ।

चेल्सीमाथि शानदार जितसहित लिभरपुलले नयाँ सिजन समेत उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ ।

समर ट्रान्सफरमा युरोपेली क्लब फुटबलमा सबैभन्दा धेरै खर्च गरेको चेल्सीमाथि लिभरपुलले प्रभाव देखिने जित निकाल्यो ।

नयाँ सिजनका लागि खेलाडी खरिदमा ठूलो रकम खर्च गरेको चेल्सीले लिभरपुललाई गतिलो चुनौती दिन सकेन ।

मुख्य खेलाडीको रुपमा अनुबन्धन गरेका टिमो वार्नर र काइ हाभर्ट्जले प्रिमियर लिगको दोस्रो खेलमा समेत गोल गर्न सकेनन् ।

लगातार दुई खेल जितेको लिभरपुलले २ खेलबाट ६ अंक जोडेको छ । चेल्सीको २ खेलबाट ३ अंक भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ५ : ५४ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट