भारतमा थप ८७ हजार जनालाई कोरोना भाइरसको संक्रमण « Khabarhub

भारतमा थप ८७ हजार जनालाई कोरोना भाइरसको संक्रमण


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५४ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

सोमबार भारतमा ८७ हजार ३८२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४ लाख ८५ हजार ६१२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४३ लाख ९२ हजार ६५० जना संक्रमणमुक्त भएका छन् भने १० लाख ५ हजार ५३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८७ हजार ९०९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : २० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब