मोरङको ग्रामथानमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु « Khabarhub

मोरङको ग्रामथानमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको ग्रामथान गाउँपालिका – ४ मा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ ।

ग्रामथान – ४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीया सीता अधिकारी, उनकी १३ वर्षीया छोरी पवित्रा र ९ वर्षीया छोरी कृतिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालका अनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए ।

पोखरीमा दुई छोरी डुबेपछि उद्दारमा गएकी सीताको पनि मृत्यु भएको ढकालले बताए ।

प्रहरीका अनुसार सीताका श्रीमान नौं वर्षयता सम्पर्क बिहीन छन् । कान्छी छोरी दुई महिनाकी हुँदा श्रीमान बेपत्ता भएपछि सीता दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् ।

माइतमा घर नजिकै खेतमा माछा पाल्नका लागि पोखरी बनाइएको थियो । दिउँसो पोखरीमा डुबे पनि प्रहरीलाई खबर भने साँझ ६ बजेतिर मात्र पुगेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : ०१ बजे

राष्ट्रियसभाको बैठक सुरू

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । सभाको बैठकमा एउटा

ड्युटीमा फर्किए महानगर प्रहरी, जथाभाबी पार्किङ गरेका सवारी हटाउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू ड्युटीमा फर्किएका छन् ।  गणेश नेपालीको

डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा

काठमाडौं– भक्तपुरस्थीत प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावण १

‘सुकुम्वासीको मृत्यु संस्थागत हत्या जस्तै, सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाऔँ’

काठमाडौं- नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति

एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक खर्ब बराबरको निक्षेप संकलनका लागि बोलकबोल