साढे सात क्विन्टल मटर बरामद « Khabarhub

साढे सात क्विन्टल मटर बरामद


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नेपालबाट भारततर्फ अवैधरुपमा चोरी तस्करी गर्न लागिएको साढे सात क्विन्टल मटर महोत्तरी प्रहरीले आज बिहान बरामद गरेको छ ।

जलेश्वर नगरपालिका–१२ स्थित वनको बाटाबाट एक क्विन्टल, एकडारा गाउँपालिका–४ स्थित वनको बाटाबाट ४०० किलोग्राम र मनरासिस्वा नगरपालिका– १० स्थित वनको बाटाबाट २५० किलोग्राम गरी जम्मा सात क्विन्टल ५० केजी मटर बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

वनको बाटो हुँदै नेपालबाट भारततर्फ मटर तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले मटर बरामद गरेको तथा तस्कर प्रहरीलाई देखेर भागेको जनाइएको छ ।

बरामद भएको मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १२ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया