कोरोना नियन्त्रणका लागि भएको खर्च सार्वजनिक नभए जनकारबाही गर्ने विप्लव समूहको चेतावनी « Khabarhub

कोरोना नियन्त्रणका लागि भएको खर्च सार्वजनिक नभए जनकारबाही गर्ने विप्लव समूहको चेतावनी


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले तीन दिन भित्र कोरोना रोकथामका लागि भएको खर्च सार्वजनिक नभए जनकारबाही गर्ने चेतावनी दिएको छ ।

झापाका १५ स्थानीय तहलाई कोरोना भाइरस रोकथामका लागि भएको हिसाब तीन दिनभित्र सार्वजनिक गर्न माग गर्दै उसले जनकारबाहीसम्मको चेतावनी दिएको हो ।

कोरोना नियन्त्रणका नाममा स्थानीय तहले चरम भ्रष्टाचार गरेको तथा करोडौँ रुपैयाँ बराबरको हिसाबकिताबमा अनियमितता गरेको उसको आरोप छ।

आइतबार झापा जिल्ला सेक्रेटरी श्रीजंगद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै स्थानीय तह तथा निजी क्षेत्रमा भ्रष्टाचार र बेतिथि बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस्तै, निजी तथा सामुदायिक शिक्षण संस्थाले अभिभावकलाई शुल्क तिर्न ताकेता गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै उसले त्यस्तो कार्य नगर्न भनेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले पनि मध्यम वर्गीय नेपालीलाई बैँकको किस्ता र ब्याजको ताकेता गरेर समस्या पैदा गरेको भन्दै उसले तत्काल त्यस्ता कार्य बन्द गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १ : ०१ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक