कोरोना नियन्त्रणका लागि भएको खर्च सार्वजनिक नभए जनकारबाही गर्ने विप्लव समूहको चेतावनी | Khabarhub Khabarhub

कोरोना नियन्त्रणका लागि भएको खर्च सार्वजनिक नभए जनकारबाही गर्ने विप्लव समूहको चेतावनी


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले तीन दिन भित्र कोरोना रोकथामका लागि भएको खर्च सार्वजनिक नभए जनकारबाही गर्ने चेतावनी दिएको छ ।

झापाका १५ स्थानीय तहलाई कोरोना भाइरस रोकथामका लागि भएको हिसाब तीन दिनभित्र सार्वजनिक गर्न माग गर्दै उसले जनकारबाहीसम्मको चेतावनी दिएको हो ।

कोरोना नियन्त्रणका नाममा स्थानीय तहले चरम भ्रष्टाचार गरेको तथा करोडौँ रुपैयाँ बराबरको हिसाबकिताबमा अनियमितता गरेको उसको आरोप छ।

आइतबार झापा जिल्ला सेक्रेटरी श्रीजंगद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै स्थानीय तह तथा निजी क्षेत्रमा भ्रष्टाचार र बेतिथि बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस्तै, निजी तथा सामुदायिक शिक्षण संस्थाले अभिभावकलाई शुल्क तिर्न ताकेता गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै उसले त्यस्तो कार्य नगर्न भनेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले पनि मध्यम वर्गीय नेपालीलाई बैँकको किस्ता र ब्याजको ताकेता गरेर समस्या पैदा गरेको भन्दै उसले तत्काल त्यस्ता कार्य बन्द गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १ : ०१ बजे

पार्टीभित्रको आत्मनिन्दा र गुटबन्दीले कांग्रेस कमजोर हुन्छ : प्रकाशशरण महत

रूपन्देही– नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति

आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका

म्याग्दे गाउँपालिकाका ६६ श्रमिक मजदुर कोषमा सूचिकृत

दमौली– जिल्लाको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको

‘खर्बपति’ ट्रम्पसँग भिडेका ‘नीलपति’ मस्क जोगिएलान् ?

शीर्ष धनाढ्यहरूको सूची र सम्पत्ति अध्यावधिक गर्ने गरेको फोर्ब्स म्यागाजिनका