कोरोना परीक्षण गराउनेको टेकु अस्पतालमा भीड, कायम भएन सामाजिक दूरी (फोटो फिचर) « Khabarhub

कोरोना परीक्षण गराउनेको टेकु अस्पतालमा भीड, कायम भएन सामाजिक दूरी (फोटो फिचर)


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ ।
उपत्यका प्रवेशमा खुल्ला गरेपछि राजधानी आउने सर्वसाधारणको संख्या बढेको छ । उपत्यकाभित्रै संक्रमितको संख्यामा बृद्धि भएसंगै कोरोना जाँच गराउनेको संख्या पनि बढेको हो ।

कोरोना जाँच गराउन गएपछि भीडका कारण टेकुमा सामाजिक र भौतिक दूरी भने पालना भएको छैन । जसका कारण अस्पतालबाहिरैबाट कोरोना संक्रमणको जोखिम बढेको छ ।

परीक्षण गर्न गेट बाहिर दिनहुँ लामो लाइन र भीड हुने गरेको अस्पतालले जनाएको छ ।

परीक्षण गर्न पुगेका मध्ये केहीले नजिकैको व्यक्तिमा कोरोना देखिएकाले जाँच गराउन आएको बताएका छन् भने केहिले भने घरबेटीले कोरोना रिपोर्ट मागेकाले परीक्षण गर्न आएको बताएका छन् ।

अस्पतालमा हालसम्म करिव २९ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ३ : ४८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका