आजदेखि सुरुभयो आन्तरिक हवाई उडान, विमानस्थलमा बढ्यो चहलपहल « Khabarhub

आजदेखि सुरुभयो आन्तरिक हवाई उडान, विमानस्थलमा बढ्यो चहलपहल



काठमाडौँ– कोभिड–१९ महामारी कहरकाबीच ६ महिनापछि आन्तरिक हवाई उडान सुरु भएको छ ।

विभिन्न ९ वायुसेवा कम्पनीमध्ये ८ वटाले आजदेखि उडान सुरु गरेका छन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि खुलेसँगै विमानस्थलको आन्तरिक टर्मिनलमा चहलपहल बढेको छ ।

सामान्य अवस्थामा हुँदै आएका उडानको २५ प्रतिशत मात्र संचालन गर्नेगरी अनुमति दिईएको उडानमा विशेष अवस्थाको स्वास्थ्य मापदण्ड लागु हुने भएको छ ।

विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले बनाएको कोरोना सम्बन्धि मापदण्ड अनुसार स्वास्थ्य सर्तकता अपनाउनु पर्नेछ ।

नयाँ व्यवस्था अनुसार उडान समयभन्दा कम्तीमा दुई घन्टाअघि नै यात्रु विमानस्थल पुग्नु पर्नेछ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइने भएको छ ।

यात्रुको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य नभएपनि स्वयम् व्यक्तिले स्वस्थ्य रहेको घोषणा पत्रसहित विस्तृत फारम भर्नुपर्ने मापदण्ड बनाईएको छ ।

हेर्नुहोस् विमानस्थलमा देखिएको चहलपहल

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : ४१ बजे

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज