अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यही हप्ता मनोनयन हुन्छ - ट्रम्प | Khabarhub Khabarhub

अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यही हप्ता मनोनयन हुन्छ – ट्रम्प


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वर्गीय रुथ बाडर जिन्सबर्गको स्थानमा खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले यो मनोनयनका लागि भोट गर्नुपर्ने उनले बताए ।

राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था फक्स न्यूजसँग भने, “मैले शुक्रबार वा शनिबार मनोनयनको घोषणा गर्नेछु र त्यसपछि काम सुरु हुन्छ तर आशा गरौँ यो धेरै का हुने छैन ।”

आफूले स्मृति कार्य सकिँदासम्म प्रतिक्षा गर्न चाहेको पनि उनले बताए ।

रिपब्लिकन पार्टीको बहुमत रहेको सेनेटले राष्ट्रपति पदको निर्वाचन नभएसम्म अर्थात् नोभेम्बर ३ सम्म उम्मेद्वारलाई मतदान गर्न पर्खनु पर्ने तर्कलाई अस्वीकार रिपब्लिकन पार्टीको तर्फबाट आगामी निर्वाचनमा समेत उम्मेदवारी दिएका राष्ट्रपति ट्रम्पले यो प्रस्ताव गरेका हुन् ।

उनले भने, “अन्तिम मतदान अर्को निर्वाचन पहिले हुनुपर्छ । त्यसका लागि हामीसँग प्रशस्त समय छ ।”

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : ०६ बजे

‘जेन-जी’ प्रदर्शनको क्षति हेर्न ४४ जिल्लामा ३८ टोली परिचालन

काठमाडौं– गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ प्रदर्शनमा सार्वजनिक

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौं– नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा

मोरङको सुन्दरहरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा

काठमाडौं– मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको

चोटपटक जनस्वास्थ्यको प्रमुख समस्या

काठमाडौं– विश्वमा चोटपटकका घटनाको भार घट्दै गएपनि, सीमित सुरक्षा चेतना