च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरूवात « Khabarhub

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरूवात


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार जित हात पारेको छ ।

मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसलाई ५–१ हराउँदै बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो ।

लियोनल मेस्सीले २७औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनालाई अघि बढाएका थिए । अंशु फातीले ४२औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए । फिलिप कौटिन्होले ५३औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

६८औं मिनेटमा जेरार्ड पीके रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो । पीकेको रातो कार्ड बार्सिलोनालाई महङ्गो पर्ने देखिन्छ । उनले युभेन्ट्सविरुद्धको अर्को खेल गुमाउनेछन् ।

खरातिनले ७०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीका लागि एक गोल फर्काए ।

बार्सिलोनाका गोन्जालेजले ८२औं मिनेटमा बार्सिलोनालाई ४–१ को अवस्थामा पुर्‍याए । खेल सकिन एक मिनेट बाँकी हुँदा उसमान डेम्बेलेले बार्सिलोनाका लागि पाँचौ गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले समूह ‘जी’को खेलमा ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : ४३ बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना