पाँच वर्षपछि रानीपोखरी पुनर्जीवित, आज राष्ट्रपतिले उद्घाटन गर्दै | Khabarhub Khabarhub

पाँच वर्षपछि रानीपोखरी पुनर्जीवित, आज राष्ट्रपतिले उद्घाटन गर्दै


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूकम्पले भत्किएको ऐतिहासिक रानीपोखरी पुनर्जीवित भएको छ ।

भूकम्पले भत्काएको पाँच वर्षपछि पूर्ववत अवस्थामा पुगेको रानीपोखरी झकिझकाउ भएको छ । रंगरोगन, बत्ती जडान गरेर सिंगारपटार गरिएको रानीपोखरी पाँच वर्षपछि लोभलाग्दो भएको छ ।

१८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते शिलान्यास गरेको रानीपोखरी राष्ट्रपति भण्डारीबाटै आजै उद्घाटन हुन लागेको हो ।

यसअघि गएको वैशाख १२ गते तथा संविधान दिवसका दिन असोज ३ मासमेत उद्घाटनको तयारी भए पनि कोरोनाका कारण ढिलो भएर रानीपोखरी उद्घाटन हुन सकेको थिएन ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्‍न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

आज राष्ट्रपतिले रानीपोखरी उद्घाटन गरेसँगै सबैका लागि खुला हुनेछ । बालगोपालेश्वर (यमलेश्वर) मन्दिर परम्परागत मान्यता अनुसार यस वर्षको एक दिन भाइटीकामा खुल्ने छ ।

बगैँचा तथा पोखरीको सुरक्षामा केही समय रानीपोखरीमा सुरक्षाकर्मीसमेत खटाइने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ७ : २२ बजे

तीन गीतविरुद्ध साइबर उजुरी, प्रियंका र तेजेन्द्र-निकिशाले अभिनय गरेको पनि पर्‍यो

काठमाडौं – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली गीत–संगीतबाट विकृति फैल्याएको

नेपालमा हालसम्म ४ जनामा एमपक्स पुष्टि 

काठमाडौं– नेपालमा २०८० पुष १ गते पहिलो पटक पुष्टि भएको

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्ने

काठमाडौं– सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्नेमा

ओलीले भने- एमालेबिनाको देश सम्भव छैन, माकुराको जालोमा भैँसी कहिल्यै पर्दैन

झापा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको

झापाबाट प्रधानमन्त्रीको घोषणा- ओलीबिनाको एमाले देख्ने चहाना पूरा हुँदैन

झापा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकता