अमेरिकामा गुगलविरूद्ध मुद्दा दायर, एकाधिकार कायम गरेको आरोप « Khabarhub

अमेरिकामा गुगलविरूद्ध मुद्दा दायर, एकाधिकार कायम गरेको आरोप


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एकाधिकार कायम गरेको भन्दै अमेरिका सरकारले गुगुलमाथि मुद्दा दायर गरेको छ ।

प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको आरोपसहित अमेरिकाले गुगलविरुद्ध मुद्दा दायर गरेको हो ।

एक वर्ष भन्दा बढीको अनुसन्धानपछि अमेरिकाको न्याय विभाग र ११ राज्यले संघीय अदालतमा गुगलविरूद्ध मुद्दा दायर गरेका हुन् ।

गुगलले प्रत्येक वर्ष अर्बौँ डलर विभिन्न ब्राउजर तथा मोबाइल फोनसहितका डिभाइसमा गुगललाई ‘डिफल्ट’ का रुपमा इन्स्टल गर्नका लागि खर्च गर्ने गरेको मुद्दामा उल्लेख छ ।

यस्तो कार्यले गुगलको स्थान इन्टरनेटमा गेटकिपरको जस्तो भएको र यसले इन्टरनेटमा हुने खोजीमा उसको एकाधिकार कायम भएको उल्लेख छ । अमेरिकामा इन्टरनेटमा हुने खोजीको ८० प्रतिशत गुगल मार्फत हुने गरेको बीबीसीले जनाएको छ ।

गुगलले भने उक्त मुद्दा गम्भीर र त्रुटीपूर्ण रहेको उल्लेख गरेको छ । कम्पनीले आफ्ना कुनै पनि सेवाहरु पूर्णतः प्रतिस्पर्धात्मक रहेको र पहिलो प्राथमिकतामा जहिले पनि प्रयोगकर्ता नै रहने गरेको बताएको छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : ३१ बजे

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको