पेस्तोल र वन्यजन्तुका सामग्रीसहित एक जना पक्राउ « Khabarhub

पेस्तोल र वन्यजन्तुका सामग्रीसहित एक जना पक्राउ


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् ।

दुई थान पेस्तोलसहित उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

उनका अनुसार गुरुङको घरबाट प्रहरीले दुई थान पेस्तोल सहित वन्यजन्तुसँग सम्बन्धित सामग्री बरामद गरेको छ ।

घर भित्र लुकाई राखेको अवस्थामा ९ एमएमको अटो पेस्तोल, ७.५ इन्च लम्बाई र ५.५ चौडाई भएको म्याग्जिन र सोही म्याग्जिनमा रहेको एक राउण्ड गोली, ७ इन्च लम्बाई र ५ इन्च चौडाई भएको म्याग्जिन सहितको एक थान पेस्तोल बरामद गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।

त्यसैगरी दुईवटा सुटकेशभित्र लुकाइछिपाइ राखेको अवस्थामा पाँचवटा विभिन्न वन्यजन्तु सामग्री बरामद गरेको छ ।

विभिन्न आकारका लम्बाइ, चौडाइ भएका छालाजस्तो देखिने वस्तु पानको पात आकारमा बिचमा ॐ लेखेको ५.५ इन्च लम्बाइ चार इन्च चौडाइ भएका एक थान वस्तु बरामद गरेको हो ।

त्यसैगरी जङ्गली जनावरको छालाजस्तो देखिने छ इन्च लम्बाइ, २.५ इन्च गोलाइको वस्तु एक थान र जङ्गली जनावरको छालाजस्तो देखिने सात इन्च लम्बाइ र १.५ इन्च गोलाइ भएको वस्तु एक थान बरामद गरेको छ ।

त्यस्तै जङ्गली जनावरको छालाजस्तो देखिने १० इन्च लम्बाइ २.५ इन्च गोलाइ भएको वस्तु थान एक र जङ्गली जनावरको छालाजस्तो देखिने ‘भी’ आकारको वस्तु एक थान तथा जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट लम्बाइ, फेद गोलाइ ४.५ इन्च र टुप्पाको गोलाइ एक इन्च भएको वस्तु एक थानसहित बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट तीन इन्च लम्बाइ फेदको गोलाइ तीन इन्च, टुप्पोको गोलाइ १.५ इन्च भएको वस्तु एक थान पनि प्रहरीले बरामद गरेको छ ।

सोही सुटकेशको साइड गोजीमा प्लाष्टिकमा पोका पारी राखेको ५० ग्राम गाँजाजस्तो पदार्थसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ९ : १३ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा