भारतमा अलपत्र १८ नेपाली बालबालिकाको उद्धार « Khabarhub

भारतमा अलपत्र १८ नेपाली बालबालिकाको उद्धार


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन् ।

वैदेशिक रोजगारीका लागि भन्दै भारत पुर्‍याइएका ती बालकलाई उद्धार गरेर मङ्गलबार अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए ।

उनका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको गाजियावादबाट उद्धार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो ।

उद्धार गरिएका बालक १४ देखि १८ वर्ष उमेर समूहका छन् । उनीहरुलाई भारत लैजाने चार जना व्यक्तिलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १० : १५ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना