उद्योग वाणिज्य महासंघको निर्वाचन तालिका सार्वजनिक « Khabarhub

उद्योग वाणिज्य महासंघको निर्वाचन तालिका सार्वजनिक


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयनको निर्वाचन) मा उम्मेद्वारी मनोनयन दर्ताका लागि सूचना प्रकाशित भएको छ।

महासंघको ५४ औं साधरण सभा मंसिर ११ गतेदेखि काठमाडौंमा हुँदैछ। जसका लागि महासंघको कार्यकारिणी समितिको निर्णय अनुसार निर्वाचन कमिटिले उम्मेदवारी मनोनयनका लागि सूचना प्रकाशन गरिएकाे हाे।

उम्मेदवारहरुको मनोनयन पत्र दाखिला गर्ने समय २०७७ मंसिर ८ गते साँझ ४ बजेसम्म दिइएको छ।

निर्वाचन कमिटीले निर्वाचनमा मतदान गर्न पाउने प्रतिनिधिको पहिलो नामावली मंसिर २ गते प्रकाशन गर्ने भएको छ।

मतदान गर्न पाउने प्रतिनिधिको नामावलीउपर दाबी विरोध गर्ने समय मंसिर ३ गते ११ बजेदेखि २ बजेसम्म राखिएको छ।

मतदान गर्न पाउने सदस्यविरुद्ध परेको दाबी विरोधउपर छानबिन गरी संशोधनसहितको दोस्रो नामावली प्रकाशन मंसिर ३ गते ६ बजे हुने कमिटीले जनाएको छ।

निर्वाचन कमिटिले कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै उम्मेद्वारको मनोनयनलगायत प्रतिनिधि दर्ता (प्रतिनिधि दर्ता शूल्क र सदस्यता शूल्क लगायतका बैंक भौचर) इमेलमार्फत् गर्ने कार्यलाई प्राथमिकता दिने भएको छ।

इमेलबाट आएका सबै कागजपत्रको सक्कल मंसिर ४ गते ५ बजेसम्म महासंघको सचिवालयमा आइपुग्नु पर्ने, अन्यथा त्यसपछिको मनोनयन स्वत: बदर हुने कमिटीले जनाएको छ।

सोही अनुसार उम्मेद्वारको पहिलो नामावली प्रकाशन ४ गते ६ बजे हुने छ भने दोस्रो नामावली प्रकाशन ५ गते ११ बजे हुने कमिटीले जनाएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ११ : २२ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा