२३ किलो चरेससहित महिला पक्राउ « Khabarhub

२३ किलो चरेससहित महिला पक्राउ


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो लागुपदार्थ सहित आज बुधबार एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रूकुम खलंगा बस्ने निर्मला बाठा मगर रहेको छन भने १ महिला सहित २ पुरूष फरार रहेको सशस्त्र प्रहरि सीमा सुरक्षा कार्यालय सुरजपुरका प्रहरीउपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

बर्दियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर अन्तर्गतको सीमा सुरक्षा चेकपोष्ट कट्टीको टोलीले २३ किलो ५ सय ग्राम चरेस पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताए।

सहायक प्रहरी निरीक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएको टोलिले नेपाल भारत सीमानामा पर्ने गुलरिया नगरपालिका वडा नं १ बाट लागुपदार्थसहित पक्राउ गरेको रावतले जानकारी दिए।

स्थानीय बुद्धि दमाईको घरमा चरेस लुकाएको जानकारीका आधारमा छापा मार्दा रुकुमको बाफिकोट गाउँपालिका ८ डुले बस्ने वर्ष ३८ की निर्मला बाठा मगरबाट ५.५ किलो अफिम र त्यस आसपासमा गरिएको खोजतलाशबाट १३ किलो अफिम र ५ किलो चरेश बरामद भएको हो ।

बरामद गरिएको लागूऔषध को बजार मूल्य १ करोड ४९ लाख बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

निर्मलाको साथबाट सशस्त्र प्रहरीले गुलरिया १ सानोश्री ठेगाना उल्लेख भएको ४० वर्षीय बालकुमारी बिकको र पाल्पा बाका मालाङ गाउँपालिका ६ का ४२ वर्षीय दानबहादुर मल्लको नागरिकता प्राप्त भएको छ । उनीबाट मोबाइल ३ थान, ब्याकअप समेत बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १२ : ३० बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन