२३ किलो चरेससहित महिला पक्राउ « Khabarhub

२३ किलो चरेससहित महिला पक्राउ


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो लागुपदार्थ सहित आज बुधबार एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रूकुम खलंगा बस्ने निर्मला बाठा मगर रहेको छन भने १ महिला सहित २ पुरूष फरार रहेको सशस्त्र प्रहरि सीमा सुरक्षा कार्यालय सुरजपुरका प्रहरीउपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

बर्दियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर अन्तर्गतको सीमा सुरक्षा चेकपोष्ट कट्टीको टोलीले २३ किलो ५ सय ग्राम चरेस पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताए।

सहायक प्रहरी निरीक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएको टोलिले नेपाल भारत सीमानामा पर्ने गुलरिया नगरपालिका वडा नं १ बाट लागुपदार्थसहित पक्राउ गरेको रावतले जानकारी दिए।

स्थानीय बुद्धि दमाईको घरमा चरेस लुकाएको जानकारीका आधारमा छापा मार्दा रुकुमको बाफिकोट गाउँपालिका ८ डुले बस्ने वर्ष ३८ की निर्मला बाठा मगरबाट ५.५ किलो अफिम र त्यस आसपासमा गरिएको खोजतलाशबाट १३ किलो अफिम र ५ किलो चरेश बरामद भएको हो ।

बरामद गरिएको लागूऔषध को बजार मूल्य १ करोड ४९ लाख बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

निर्मलाको साथबाट सशस्त्र प्रहरीले गुलरिया १ सानोश्री ठेगाना उल्लेख भएको ४० वर्षीय बालकुमारी बिकको र पाल्पा बाका मालाङ गाउँपालिका ६ का ४२ वर्षीय दानबहादुर मल्लको नागरिकता प्राप्त भएको छ । उनीबाट मोबाइल ३ थान, ब्याकअप समेत बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १२ : ३० बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा