धार्मिकस्थलमा पूजा, प्रार्थना तथा भजनकीर्तन गर्न प्रशासनद्वारा रोक « Khabarhub

धार्मिकस्थलमा पूजा, प्रार्थना तथा भजनकीर्तन गर्न प्रशासनद्वारा रोक


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले विभिन्न धर्मावलम्बीका धार्मिकस्थलमा हुने पूजा, प्रार्थना तथा भजनकीर्तन गर्न रोक लगाएको छ ।

दशैँतिहार तथा छठपर्वको अवसरमा मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा भीडभाड हुँदा सङ्क्रमण फैलिने जोखिम देखिएको भन्दै प्रशासनले धार्मिकस्थलमा पूजा, प्रार्थना, भजनकीर्तन, रथयात्रा, कलशयात्रा, बलिपूजा, मूर्ति विसर्जनलगायतका क्रियाकलाप गर्नमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले आज जारी गरेको सूचनामा मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा नित्य पूजाआजाबाहेक भीडभाडका बीचमा गरिने धार्मिक क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

यस्तै चाडपर्वका अवसरमा सामूहिकरूपमा भेला, जम्मा भई गरिने शुभकामना आदानप्रदान, चियापानजस्ता कार्य नगर्न, सामूहिकरूपमा कार्यक्रम आयोजना गरी गरिने शिलान्यास, उद्घाटन, प्रशिक्षण, सभासम्मेलन, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, समूहमा खेलिने खेलकूद, खेलमैदानमा हुने प्रस्तुतिजस्ता कार्यक्रम नगर्न सूचित गरिएको छ ।

प्रशासनले दशैँ, तिहार, छठजस्ता चाडबाडलाई घरैमा बसी परिवारभित्र मात्र मनाउन, जिल्लाभरि साँझ ८:०० देखि बिहान ५:०० बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका सवारी साधनबाहेकका यातायात सञ्चालन नगर्न, हिँडडुल र बजार बन्द गर्न भनेको छ ।

यस्तै आवतजावत तथा हिँडडुल गर्दा सबै यात्रु तथा चालक, सहचालक एवं सवारीधनीले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट जारी भएको सार्वजनिक यातायात सञ्चालन निर्देशिकाबमोजिम सवारीमा सवार गर्ने तथा सवारी साधन सञ्चालन गर्ने, शैलुन, ब्यूटीपार्लर हाललाई सञ्चालन नगर्न भनिएको छ ।

गृह मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं १ विराटनगरबाट प्राप्त निर्देशनअनुसार स्वास्थ्य सुरक्षा सतर्कताबारे सूचना जारी गरिएको प्रजिअ पौडेलले जानकारी दिए । कोरोना सङ्क्रमण दर बढिरहेका बेला जिल्लामा स्वास्थ्य सुरक्षा सावधानी भने घटिरहेको पाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  २ : १० बजे

चितवनमा रेनुको चुनावी अभियान : नयाँलाई होइन, काम गरेर देखाइसकेकालाई रोजौँ

चितवन- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट भएको छ

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

काठमाडौं– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको