धार्मिकस्थलमा पूजा, प्रार्थना तथा भजनकीर्तन गर्न प्रशासनद्वारा रोक « Khabarhub

धार्मिकस्थलमा पूजा, प्रार्थना तथा भजनकीर्तन गर्न प्रशासनद्वारा रोक


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले विभिन्न धर्मावलम्बीका धार्मिकस्थलमा हुने पूजा, प्रार्थना तथा भजनकीर्तन गर्न रोक लगाएको छ ।

दशैँतिहार तथा छठपर्वको अवसरमा मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा भीडभाड हुँदा सङ्क्रमण फैलिने जोखिम देखिएको भन्दै प्रशासनले धार्मिकस्थलमा पूजा, प्रार्थना, भजनकीर्तन, रथयात्रा, कलशयात्रा, बलिपूजा, मूर्ति विसर्जनलगायतका क्रियाकलाप गर्नमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले आज जारी गरेको सूचनामा मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा नित्य पूजाआजाबाहेक भीडभाडका बीचमा गरिने धार्मिक क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

यस्तै चाडपर्वका अवसरमा सामूहिकरूपमा भेला, जम्मा भई गरिने शुभकामना आदानप्रदान, चियापानजस्ता कार्य नगर्न, सामूहिकरूपमा कार्यक्रम आयोजना गरी गरिने शिलान्यास, उद्घाटन, प्रशिक्षण, सभासम्मेलन, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, समूहमा खेलिने खेलकूद, खेलमैदानमा हुने प्रस्तुतिजस्ता कार्यक्रम नगर्न सूचित गरिएको छ ।

प्रशासनले दशैँ, तिहार, छठजस्ता चाडबाडलाई घरैमा बसी परिवारभित्र मात्र मनाउन, जिल्लाभरि साँझ ८:०० देखि बिहान ५:०० बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका सवारी साधनबाहेकका यातायात सञ्चालन नगर्न, हिँडडुल र बजार बन्द गर्न भनेको छ ।

यस्तै आवतजावत तथा हिँडडुल गर्दा सबै यात्रु तथा चालक, सहचालक एवं सवारीधनीले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट जारी भएको सार्वजनिक यातायात सञ्चालन निर्देशिकाबमोजिम सवारीमा सवार गर्ने तथा सवारी साधन सञ्चालन गर्ने, शैलुन, ब्यूटीपार्लर हाललाई सञ्चालन नगर्न भनिएको छ ।

गृह मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं १ विराटनगरबाट प्राप्त निर्देशनअनुसार स्वास्थ्य सुरक्षा सतर्कताबारे सूचना जारी गरिएको प्रजिअ पौडेलले जानकारी दिए । कोरोना सङ्क्रमण दर बढिरहेका बेला जिल्लामा स्वास्थ्य सुरक्षा सावधानी भने घटिरहेको पाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  २ : १० बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने