भीमेश्वरले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने « Khabarhub

भीमेश्वरले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- भीमेश्वर नगरपालिकाले नगरवासीको निःशुल्क कोरोना परीक्षण तथा उपचार गर्ने भएको छ ।

संघीय सरकारले कोरोना संक्रमित नागरिकको उपचार नगर्ने घोषणा गरिरहेका बेला भीमेश्वरले निशुल्क उपचार गर्ने घोषणा गरेको हो।

भीमेश्वर नगरकार्यपालिकाको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पंछिएको सरकारको चौतर्फी विरोध भइरहेका बेला भीमेश्वरको सो निर्णयले नगरवासीलाई केही राहत महशुस भएको छ ।

भीमेश्वर नगरपालिकामा स्थायी बसोवास गरिरहेका नागरिकहरुलाई कोरोनाको लक्षण देखिएमा निःशुल्क पीसीआर परीक्षण तथा आइसोलेसनमा राखी उपचार गर्ने भीमेश्वर नगरकार्यपालिकाको बैठकले निर्णय गरेको प्रबक्ता हरिबंश चौँलागाईंले बताए ।

भीमेश्वर नगरपालिकामा हालसम्म २ दर्जनभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । संक्रामक रोग तथा महामारी नियन्त्रणका लागि चालु आर्थिक बर्षको लागि विनियोजित करिब ४० लाख बजेटबाट उनीहरुको निशुल्क उपचार गरिने जनाइएको छ ।

नगरपालिकाले छुट्टै आइसोलेसन कक्ष निर्माण गरि यसअघि पनि निशुल्क उपचार गर्दै आईरहेको थियो । पीसीआर परीक्षण तथा उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नैं ब्यहोर्ने प्रवक्ता चौँलागाईंको भनाइ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ३ : ३८ बजे

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौं– नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई

पाटन ढोकामा जगदीश खरेलको मतदाता भेटघाट अभियान (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो

चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ

काठमाडौं – गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा काठमाडौं

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ

रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने

प्योङयाङ- रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै