अर्थमन्त्री पौडेल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता « Khabarhub

अर्थमन्त्री पौडेल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्री पौडेलले नेपाल-अमेरिकाबीचको सम्बन्धबारे चर्चा गर्दै अमेरिका सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिएको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड-१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

राजदूत बेरीले अर्थमन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।

उनले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको उल्लेख गर्दै आगामी दिनमा अमेरिकी सरकारको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ४ : ०९ बजे

भुटानी शरणार्थी क्याम्पमा ‘सुरक्षा शून्यता’ : पुनःस्थापनामा ढिलाइप्रति चर्को गुनासो

मोरङ– पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरीको भुटानी शरणार्थी सुरक्षा बेस

मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

गोरखा– प्रसिद्ध पर्यटकीय क्षेत्र मनासलुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन्

कांग्रेसले एकसाथ ७ नेतालाई सोध्यो स्पष्टीकरण, पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोप

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा

किष्ट हस्पिटलमा कलेजोको १५ औं शल्यक्रिया सफल

काठमाडौं– किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा