देशभर ८७ कोरोना संक्रमित भेन्टिलेटरमा, २६९ को आइसियुमा उपचार हुँदै « Khabarhub

देशभर ८७ कोरोना संक्रमित भेन्टिलेटरमा, २६९ को आइसियुमा उपचार हुँदै


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र २६९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५२ जना आइसियु र ५९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४७ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३१ जना आइसियु र १६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ३ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ४ : ५२ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले