चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा १ खर्ब ६५ अर्ब विप्रेषण भित्रियो | Khabarhub Khabarhub

चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा १ खर्ब ६५ अर्ब विप्रेषण भित्रियो


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा कूल रु एक खर्ब ६५ अर्ब ७३ करोड विप्रेषण आप्रवाह भएको छ ।

गत साउनमा रु ९२ अर्ब ७० करोड विप्रेषण आप्रवाह भएको थियो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई एक अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.५ प्रतिशतले बढेको थियो ।

यस्तै गत भदौ मसान्तसम्म चालू खाता रु २६ अर्ब सात करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा ३३.७ प्रतिशतले कमी आई रु एक अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु दुई अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब ९८ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु आठ अर्ब ८३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ । -रासस

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ७ : १५ बजे

पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि

काँकडभिट्टाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर – चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो त्रैमासिकमा पूर्वी

फेसबुकेसँग सल्लाह लिएर औषधि किन्छन् बिरामी, जथाभावी एन्टिबायोटिक प्रयोगले गम्भीर असर

विराटनगर– विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य

नागरिकताको अभिलेखलाई ‘डिजिटलाइजेसन’

नवलपुर– चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो तीन महिनामा नवलपरासी

कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान,