अमेरिकामा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख १ हजार संक्रमित « Khabarhub

अमेरिकामा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख १ हजार संक्रमित


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ अहिलेसम्मकै धेरै २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार (५ मंसिर) त्यहाँ १ लाख ८७ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड २२ लाख ७४ हजार ७२६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७३ लाख १६ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४६ लाख ९८ हजार १२० जनामध्ये २२ हजार ७८९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ६० हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १९५१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ६० हजार २८३ पुगेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ८ : १० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय