घलेगाउँ घरबासमा आउन थाले पर्यटक « Khabarhub

घलेगाउँ घरबासमा आउन थाले पर्यटक


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् ।

कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् ।

गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए ।

यतिबेला दैनिक ३०/३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका यहाँका घरबास सञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेका छन् ।

घरबास सञ्चालक दीर्घराज घलेले भने, ‘विगतमा ४०० को हाराहारीमा पर्यटक आउँदा घरबासमा राख्ने ठाउँ अभावले समस्या बनाएको थियो, तर अहिले पर्यटकको पर्खाइमा रहनुपरे पनि विस्तारै पर्यटक वृद्धि हुन थालेको छ ।’

पर्यटक आगमनमा वृद्धि हुँदै गएपछि केही राहत पुगेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

घलेगाउँबाट लमजुङ, अन्नपूर्ण (दोस्रो) र चौथो, माछापुच्छ्रे, मनास्लु, हिमालचुली, ङादीचुली (डा.हर्क हिमाल) र वुद्ध हिमाल देख्न सकिन्छ ।

सूर्योदय र सूर्यास्त, नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, घले राजाको पार्क र गुरुङ सङ्ग्रहालय हेर्न सकिन्छ ।

सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब तीन घण्टा र पैदलयात्रा गरेमा करिब पाँच घण्टा समय लाग्छ ।

विसं २०५७ बाट शुरु भएको घलेगाउँ घरबास जिल्लाकै पहिलो हो । गाउँका १२५ घरधुरीमध्ये ३७ घरमा घरबास सञ्चालनमा रहेको उक्त समितिले जनाएको छ ।

यहाँका सबै घरका छाना जस्तापाता रहेको देख्न सकिन्छ साथै सबै छानो रातो रङको छ । लमजुङ तथा विशेष गरी क्होलासोथर गुरुङ जातिको उद्गमस्थल हो ।

यही नामबाट क्होलासोथर गाउँपालिका रहेको छ । पुर्खौंपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छन् ।

हिमाली काख र स्वच्छ हावापानीमा रमाएका गुरुङ समुदायको यहाँ बाक्लो बस्ती तथा बसोबास रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ८ : ४० बजे

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही